
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

अवैद्य दोहन र मानवजन्य फोहोरका कारण कालीगण्डकी नदीको अस्तित्व संकटमा परेको भनी कालीगण्डकी बचाउका अभियान्ताहरुले लामो पैदलयात्रा गर्दैछन् । कालीगण्डकी नदीको संरक्षण र नदी सभ्यताको महत्व दर्शाउन देवघाटदेखि दामोदरकुण्डसम्म ४३१ किमी पैदलयात्रा तय गरिएको हो ।
कालीगण्डकी नदी किनार छोइएका स्थानीय सरकारले अवैद्य दोहनलाई मौन स्वीकृति दिइरहे पनि केही जागरुक मानिसहरु भने कालीगण्डकी बचाउ अभियानमा छन् । देवघाटदेखि कालीगण्डकी किनार हुँदै पैदल यात्राको टिम यात्राको १२ औं दिनमा पर्वतको मोदीवेणी दिव्यधाममा आइपुगेको हो ।
महेश संस्कृत आश्रमका प्रमुख स्वामी रमणानन्द गिरीले पदयात्राको मुख्य उद्धेश्यहरुमा कालीगण्डकीको बहुविध महत्व र उपयोगिताको प्रचारप्रसार गर्ने, शालग्राम र गण्डकीतीर्थहरुको दर्शन पूजन, कालीगण्डकी सभ्यताको संरक्षण, धार्मिक एवं प्राकृतिक पर्यटन प्रवद्र्धन र आध्यात्मिक साधनाको निरन्तरता रहेको बताउनुभयो ।
कालीगण्डकी नदी माथिको अवैद्य दोहन विरुद्ध खवरदारी गर्दै प्रकृति, संस्कृति र सभ्यताको महत्व दर्शाउन पदयात्रा गरिएको महेश संस्कृत गुरुकुलका आचार्य तथा पदयात्रा कार्यक्रमका संयोजक फणिन्द्र प्रसाद पौडेलको भनाई छ ।
महेश संन्यास आश्रमको अगुवाईमा भएको पदयात्रा करीव ६० जना व्यक्तिहरुको सहभागीता छ । सहभागी हुनेहरुमा भारतका विभिन्न धार्मिक पीठहरुबाट आएका साधुसन्तहरु, पर्यावरणविद् लगायत अभियान्ताहरु छन् । देवघाटधामदेखि आरम्भ भई दामोदरकुण्डसम्म करीव २५ दिन भित्रमा टुंगिने छ । पदयात्रा २२० मिटर सामुद्रिक सतहदेखि ४४९० मिटर उचाईसम्म रहनेछ ।
संसारकै प्राचीन नदीमध्ये मानिने कालीगण्डकी नदी किनाराका विभिन्न स्थानहरुमा दिनदहाडै एक्साभेटर जस्ता ठुला मेशीनहरु प्रयोग गरी वालुवा, गिटी र ढुंगाको अवैद्य दोहन भैइरहदा समाज मौन छ । कालीगण्डकी नदीको अवैद्य उत्खनन् र दोहनलाई संघीय तथा स्थानीय सरकारले नियमन गर्न नसक्दा मरुभूमिकरण हुने खतरा देखा परेको पर्यावरणविद्को चिन्ता छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया