
१एक लाख पुरस्कार राशीको अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता
२मानवसेवा आश्रमका लागि जुट्यो करीव ७ करोड रकम सहयोग
३बहुमूल्य जडिबुटीमा कसैको ध्यान नपुग्दा कुहिएर नष्ट
४जेन्जी आन्दोलनले दिएको झड्का राजनीतिक नेतृत्वले कहिले बुझ्ने
५ब्रेक फेल भई गाडी दुर्घटना हुँदा तीन घाईते
६दिगो शान्तिका लागि हिमालयन सिद्धमहायोग ध्यान साधना
७सामुदायिक कुकुरको रेखदेखमा रमाएकी राजकुमारी
८चिस्यान केन्द्र निर्माण ९ वर्ष देखि अलपत्र
९नेपाली विद्यार्थी जोशी जीवित नरहेको जानकारी
१०सांसद र राजनीतिक दलका पदाधिकारीहरुले स्वकीय सचिव राख्ने व्यवस्था खारेज
१२सार्वजनिक जग्गा भोग गर्नेलाई हटाउन विद्यालयलाई हम्मे

अवैद्य दोहन र मानवजन्य फोहोरका कारण कालीगण्डकी नदीको अस्तित्व संकटमा परेको भनी कालीगण्डकी बचाउका अभियान्ताहरुले लामो पैदलयात्रा गर्दैछन् । कालीगण्डकी नदीको संरक्षण र नदी सभ्यताको महत्व दर्शाउन देवघाटदेखि दामोदरकुण्डसम्म ४३१ किमी पैदलयात्रा तय गरिएको हो ।
कालीगण्डकी नदी किनार छोइएका स्थानीय सरकारले अवैद्य दोहनलाई मौन स्वीकृति दिइरहे पनि केही जागरुक मानिसहरु भने कालीगण्डकी बचाउ अभियानमा छन् । देवघाटदेखि कालीगण्डकी किनार हुँदै पैदल यात्राको टिम यात्राको १२ औं दिनमा पर्वतको मोदीवेणी दिव्यधाममा आइपुगेको हो ।
महेश संस्कृत आश्रमका प्रमुख स्वामी रमणानन्द गिरीले पदयात्राको मुख्य उद्धेश्यहरुमा कालीगण्डकीको बहुविध महत्व र उपयोगिताको प्रचारप्रसार गर्ने, शालग्राम र गण्डकीतीर्थहरुको दर्शन पूजन, कालीगण्डकी सभ्यताको संरक्षण, धार्मिक एवं प्राकृतिक पर्यटन प्रवद्र्धन र आध्यात्मिक साधनाको निरन्तरता रहेको बताउनुभयो ।
कालीगण्डकी नदी माथिको अवैद्य दोहन विरुद्ध खवरदारी गर्दै प्रकृति, संस्कृति र सभ्यताको महत्व दर्शाउन पदयात्रा गरिएको महेश संस्कृत गुरुकुलका आचार्य तथा पदयात्रा कार्यक्रमका संयोजक फणिन्द्र प्रसाद पौडेलको भनाई छ ।
महेश संन्यास आश्रमको अगुवाईमा भएको पदयात्रा करीव ६० जना व्यक्तिहरुको सहभागीता छ । सहभागी हुनेहरुमा भारतका विभिन्न धार्मिक पीठहरुबाट आएका साधुसन्तहरु, पर्यावरणविद् लगायत अभियान्ताहरु छन् । देवघाटधामदेखि आरम्भ भई दामोदरकुण्डसम्म करीव २५ दिन भित्रमा टुंगिने छ । पदयात्रा २२० मिटर सामुद्रिक सतहदेखि ४४९० मिटर उचाईसम्म रहनेछ ।
संसारकै प्राचीन नदीमध्ये मानिने कालीगण्डकी नदी किनाराका विभिन्न स्थानहरुमा दिनदहाडै एक्साभेटर जस्ता ठुला मेशीनहरु प्रयोग गरी वालुवा, गिटी र ढुंगाको अवैद्य दोहन भैइरहदा समाज मौन छ । कालीगण्डकी नदीको अवैद्य उत्खनन् र दोहनलाई संघीय तथा स्थानीय सरकारले नियमन गर्न नसक्दा मरुभूमिकरण हुने खतरा देखा परेको पर्यावरणविद्को चिन्ता छ ।


प्रतिक्रिया