
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लाको ऐतिहासिक महत्व रहेको बान्द्रेविडी चौर अव्यवस्थित र कुरुप बन्दै गएपछि स्थानीय युवाहरु चिन्तित छन् । संरक्षणमा कसैको ध्यान नपुग्दा कुनैबेलाको हरियाली सुन्दर चौर यतिखेर फोहोरजन्य पदार्थ मिल्काउने डम्पिङसाइट जस्तै बनेको छ ।
बाल्यकाल बान्द्रेविडी चौरमा खेल्दै विताएका स्थानीय युवाहरु अहिले जनश्रमदान मार्फत् संरक्षणमा जुट्ने भएका छन् । स्थानीय युवाहरुले चौरको कुरुप अवस्था देखेपछि मनमा पीडा भएको दुःखेसो गरेका छन् ।
जिल्लामा हुने खुला राजनीतिक आमसभाको आयोजना बान्द्रेविडी चौरमा हुने गर्दथ्यो । कुश्मा नगरपालिका वडा ६ मा पर्ने बान्द्रेविडी चौर पुर्खाले संरक्षण गरी राखेको शिवालय गुठी अन्तर्गत पर्दछ । बान्द्रेविडीको खुला चौरको मञ्चबाट जिल्लादेखि राष्ट्रिय तहका राजनीतिक नेताहरुले भाषण गरिसकेका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुश्मामा केही वर्ष भित्रै रेलवे स्टेशन बन्ने भनी भाषण गरेको पनि बान्द्रेविडी चौरको मञ्चबाट हो ।
नेपाली दिदीवैनीहरुले मनाउने तीज पर्व, मेला र महोत्सव समेत २० रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको बान्द्रेविडी चौरमा हुन्थे । पितापुर्खाले गुठीको रुपमा संरक्षण गर्दै आएको बहुआयामिक महत्वको बान्द्रेविडी चौर केही वर्ष यता संकटमा छ ।
संरक्षणमा अभियानमा लागेका स्थानीय युवा संविधान गिरीले भन्नुभयो–ूचौरमा हरियाली देखिने दुबो छैन । गिटी र ढुंगा थुपारिएको छ । ठेकेदारले मनलाग्दो गरी जथाभावी थुपारेको गिटी र ढुंगाबारे वडा ६ का जनप्रतिनिधि मौन छन् । फोहोरजन्य पदार्थ फालिएको छ । युवा संरक्षणमा नजुटेमा भएको जग्गा पनि हडपेर सकिने खतरा भएपछि हामी संरक्षणमा जुटेका छौं ।ू
खुला चौरमा जोकोही स्वच्छन्द घुम्ने र बस्ने वातावरण छैन । वरिपरि ठुला कंक्रीटका पर्खाल लगाइएको छ । चौरमा रहेको सयौं वर्ष पुरानो विशाल समीको रुखका हाँगा काटेर ठुटो बनाइदा कुरुप देखिएको छ । सरोकारवाला पक्षसँग चौरको संरक्षण गर्न आवाज उठाउदा कतैबाट सुनुवाई र सहयोग नभएपछि आफुहरु जनश्रमदान मार्फत् भए पनि लागि पर्ने स्थानीय युुवा अभिलाष गिरीको भनाई छ ।
चौरसँगै रहेका खुला मञ्च र चिनिएका चौतारी लगायतका भौतिक संरचनाहरुको समेत उचित संरक्षण नभएको स्थानीय युवाहरुको गुनासो छ । सरोकारवाला निकायसँग सहकार्य गरी पर्यटकीय आकर्षणको केन्द्रको रुपमा अगाडि बढाइने योजना स्थानीय युवाहरुको छ ।
दशकौ पहिले स्थानीयले गाईवस्तु चराउने र गाईवस्तुलाई आहाल राख्ने सुविधा समेत चौरमा थियो । बान्द्रेविडी चौर सवैको साझा थलो हो । केही वर्ष अघिसम्म हरियाली देखिने चौर मैदान, चौरमा रहेका चिटिक्क परेका वरपीपलका चौतारी, चौतारीमा खेल्ने स्थानीय बालबालिकाको निश्छल हाउभावले सवैलाई आनन्दी तुल्याउने स्थानीय सम्झिछन् ।
स्थानीयका अनुसार पर्वतको पूर्व क्षेत्रमा पर्ने राम्जा, सिल्मीदेखि मोदीगाउँपालिका साथै कास्कीबाट अन्तिम संस्कारका लागि मोदीवेणी घाटसम्म शव लिएर आउने मलामीहरु आराम गर्ने र काँध फेर्ने थलो समेत बान्द्रेविडी चौर हो । चौर अव्यवस्थित बनेपछि मलामीले शव विसाउन समेत नपाएको स्थानीय गुनासो छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया