
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लामा वन्यजन्तु संरक्षण रणनीतिको अभावका कारण जैविक विविधता नष्ट हुने खतरा देखा परेको छ । राज्यले वन्यजन्तु संरक्षणको लागि नीति, योजना र कार्यक्रम बनाउन नसकेपछि जैविक विविधताले सम्पन्न पर्वत जिल्लामा संकट देखा परेको हो ।
ंपर्वतको उत्तरी भेग खासगरी ३१०० मीटर उचाईमा रहेका हपाल, लेसपार्क लगायतका स्थानहरुमा डाँफे, मुनाल, ठुलो गिद्ध, जंगली भैसी प्रजातिको थार, काँठेभ्याकुर लगायतका वन्यजन्तुहरु कम संख्यामा देखिन थालेको स्थानीयहरुको गुनासो छ । जिल्लाको उत्तरीभेगमा रहेको खर्सुवास सामुदायिक वन उपभोक्ता समितिका निवर्तमान अध्यक्ष नरसिंह पुनले केही दशक अगाडिसम्म प्रशस्तै देखिने डाँफे, मुनाल, ठुलो गिद्ध यतिखेर कम संख्यामा मात्रै देखिने बताउनुभयो । उत्तरी भेगमा घोरल, थार, मृग, वन खरायो, मृग, भालु चितुवा लगायतका वन्यजन्तु पाइन्छन् ।
जैविक विविधताले सम्पन्न पर्वत जिल्लामा पाइने विविध प्रकृतिका वन्यजन्तुको अध्ययन र संरक्षणका लागि राज्यको ध्यान पुग्न सकेको छैन भने स्थानीय सरकारले समेत कुनै महत्व दिएको पाइदैन ।
पर्वतमा लोपोन्मुख प्रजातिका वन्यजन्तुहरु चितुवा, घोरल, लंगुर, धुँवा बाँदर, मृग, गिद्धहरु हिमाली गिद्ध, सेतो आदि पाइन्छन् । संकटापन्न सूचीमा पर्ने वन्यजन्तु प्रजातिको रेड पाण्डा समेत पर्वतमा पाइन्छ । यी लगायत रातो बाँदर, वन भैसी, वन सुँगुर, स्याल, भालु, वन विरालो, वन कालिज लगायत प्रजातिका वन्यजन्तु जिल्लाको विभिन्न राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पाइन्छन् । विभिन्न प्रजातिका जंगली जनावरको विस्तृत र नियमित अध्ययन नहुँदा संरक्षण, विकास र नीति निर्माण लगायतका सवै पक्षमा बाधा पुगेको जिल्ला वन डिभिजन कार्यालयको गुनासो छ ।
जिल्लामा पाइने कुन प्रजातिका वन्यजन्तु संकटग्रस्त छन्, कति संख्या र कस्तो अवस्थामा छन् भन्ने बारेमा वैज्ञानिक अनुसन्धान र खोजी हुन नसक्दा भएकै छैन । वन्यजन्तुको वासस्थान कहाँ र कस्तो स्थितिमा छ भन्नेबारे पत्तो छैन । जिल्ला वन डिभिजन कार्यालयका वन अधिकृत राम विकका अनुसार कार्यालयसँग जिल्लामा पाइने वन्यजन्तु कुन क्षेत्रमा कति संख्यामा रहेका छन् भन्ने एकीन जानकारी नहुँदा अवैद्य चोरीसिकारी र तस्करीको सम्भावना छ ।
वन कार्यालयका प्रमुख हेमलाल न्यौपानेले जिल्लामा वन्यजन्तुको अवस्थाबारे अनुसन्धान गर्ने कार्य आफ्नो कार्यालयको नभई वन अनुसन्धान तथा प्रशिक्षण कैन्द्र पोखराको बताउनुहुन्छ । प्रमुख न्यौपानेका अनुसार जिल्ला डिभिजन वन कार्यालयले वन्यजन्तुको अवस्थाबारे विस्तृत अध्ययन र खोजी गर्दैन । जिल्लामा वन्यजन्तुको वासस्थानमा अध्ययन, निगरानी र संरक्षणमा आवश्यक पहल नहुँदा मानव–वन्यजन्तु द्धन्द्ध बढ्दो छ । वन्यजन्तुले खेतीवाली नोक्सान गर्ने, गाईवस्तुलाई आक्रमण गर्ने र वन्यजन्तुको पनि मृत्यु हुने गरेको पाइन्छ ।
आर्थिक वर्ष २०७७⁄०७८ देखि २०८०⁄०८१ को असार मसान्तसम्मको अवधि हेर्दा मात्रै ३३ वटा चितुवा मृत भेटिए भने ५ वटाको उद्धार गरिएको वन डिभिजन कार्यालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५ देखि यता वन्यजन्तु खासगरी चितुवाले ५२९ वटा आक्रमण गरेकोमा ५७९ वटा गाईवस्तु मारिएका छन् । पशुधन राहत वापत राज्यले ६१ लाख ४० हजार भन्दा बढी रकम वितरण गरेको छ ।
वन कार्यालयको अनुसार आर्थिक वर्ष २०७९⁄०८० मा मात्रै ९ वटा चितुवा मरेको अवस्थामा भेटिएका थिए । मृत भेटिएका धेरैजसो चितुवाले विष सेवन गरेको पाइएको छ । वर्षेनी मृत फेला पर्ने गरेका अन्य वन्यजन्तुहरुमा राजवंशी लोखर्के, पलसाप्रो, निरविरालो, रतुवा मृग लगायत छन् ।
जिल्लामा विकासका लागि सडक, बाँध, पर्यटन पूर्वाधार निर्माण गर्दा वन्यजन्तुको वासस्थान नष्ट हुने खतरा छ भने विकास परियोजना वातावरण मैत्री हुन सकेका छैनन् ।
जिल्लाको उत्तरी भेग खासगरी जलजला, बुढीगाउँ, देउराली, काँफलडाँडा, ठाना, लामघुर लगायतका वन क्षेत्रमा लोपोन्मुख प्रजातिका धेरै वन्यजन्तुहरु पाइने गरेको बताइन्छ भने लोपोन्मुख प्रजातिमा पर्ने घोरल पर्वतको बुढीगाउँ र पकुवा डाँडाको वन क्षेत्रमा पाइन्छन् ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया