
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

चालीस वर्ष मुन्तिरका युवा संगठित पर्वत जेसीजले स्थापना कालदेखि यता पहिलो पटक सवैभन्दा ठूलो राशीको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गर्दैछ । प्रतियोगिता आयोजकले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुराई आर्थिक क्षेत्रलाई चलायमान गराउने विश्वास लिएको छ ।
जिल्लाको सदरमुकाम कुश्मा बजारमा भोलि भदौ ५ देखि ७ गतेसम्म आयोजना हुने फूटबल प्रतियोगिताको प्रथम पुरस्कार राशी एक लाख एक हजार एक सय ११ रुपैयाँ घोषणा गरिएको छ भने दोस्रो हुने टिमले ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरिने, सवैभन्दा बढी गोल गर्ने खेलाडी, प्लेयर अफ द टुर्नामेन्ट, वेस्ट किपर, वेस्ट डिफेन्डर र वेस्ट मिडफिल्डरलाई कुश्मामा रहेको साहसिक खेल जीपलाइनमा साहसिक खेलको अवसर दिइने आयोजक संस्था जेसीजले जनाएको छ ।
फूटबल प्रतियोगिताको पुरस्कार राशीका लागि जेसीजका सदस्य, स्थानीय व्यवसायी साथै स्वदेश तथा विदेशमा रहनु भएका खेलकुदप्रेमी शुभेच्छुक व्यक्तित्वहरुले सहयोग गरेका छन् । फूटबल प्रतियोगिताको आयोजना कुश्मानगरपालिकास्थित वडा ५ मा रहेको बडागाउँचौरमा हुने आयोजकको भनाई छ । आयोजकका अनुसार खेलकुद प्रतियोगिताका लागि ५ लाख खर्च हुनेछ भने प्रतियोगिता अवधिभर कम्तिमा पनि २५ लाख बराबरको आर्थिक गतिविधि हुने आंकलन छ ।
पर्वत जेसीज अध्यक्षीय क्लबका अध्यक्ष निर्मल विश्वकर्माले आर्थिक मन्दीले जिल्लाको व्यापारव्यवसायलाई असर पुराइ रहेको अवस्थामा फूटबल प्रतियोगिताले केही भए पनि बजारलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताले जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलको दाबी छ । पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले खेलकुदको आयोजक पर्वत जेसीज भए पनि खेलकुदले पर्यटन प्रवद्र्धन मार्फत् सिंगो जिल्लाको आर्थिक गतिविधिमा टेवा पुराउने हुँदा सवै पक्षले प्रतियोगितालाई सफल बनाउ साथ र सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
फुटबल प्रतियोगितामा मुलुकभरबाट २० भन्दा बढी टिमले सहभागीता जनाउने पर्वत जेसीजका महासचिव प्रवेशराज पुरीको भनाई छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया