
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतको सदरमुकाम कुश्मा बजारमा तीन दिने हिमालयन सिद्धमहायोग ध्यान साधना शिविरको आयोजना शनिवारदेखि हुँदैछ । समाजमा दिगो शान्ति स्थापित गर्नका लागि ध्यान साधना शिविरको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
समाजमा व्याप्त भ्रष्टचार, आर्थिक अनियमितता, महंगी, बढ्दो राजनीतिक अस्थितरता र बेरोजगारी लगायतका कारण मानिसको आन्तरिक मन अशान्त छ । आधुनिकताको नाममा बढ्दो देखासिकीले मानिसलाई मानसिक रुपमा समेत अस्थिर बनाइरहेको छ । मानसिक स्वास्थ्यको समस्यालाई खासगरी युवापुस्तालाई गाँजेको अवस्थामा योग र ध्यानको महत्व दिनप्रतिदिन बढ्दै गएको अवस्थामा जिल्लामा ध्यान शिविर हुनु सुखद कुरा मानिएको छ ।
महायोगी सिद्धवावा आध्यात्मिक प्रतिष्ठान नेपाल जिल्ला शाखाले शनिवारदेखि आयोजना गर्न लागेको तीन दिने शिविरमा सिद्धमहायोग ध्यान साधना, सद्गुरुबाट कुण्डलिनि जागरण, शक्तिपात तथा भगवान रामको बारेमा सत्संगको कार्यक्रम रहेको छ । आयोजकका अनुसार अनन्तश्री विभूषित जगतगुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्यले ध्यान शिविरमा प्रशिक्षण गर्नुहुनेछ ।
जिल्ला शाखा तथा ध्यान साधना शिविरका सल्लाहकार एवं कार्यक्रम संयोजक विश्व प्रकाश प्रसाईले समाजमा भौतिक विकास मात्रले मानिसलाई मानसिक शान्ति दिन नसक्ने बताउँदै मनमा शान्ति र तनमा सुखबोध गर्न आध्यात्मिक चिन्तन, सनातन संस्कार र कर्म वियोगी व्यवहारको आवश्यकता रहेको बताउनुभयो ।
संस्थाका जिल्ला अध्यक्ष राम प्रसाद पराजुलीका अनुसार तीन दिने ध्यान शिविरमा साधनाका लागि श्रद्धालु तथा भक्तजनलाई कुनै शुल्क लाग्ने छैन । अध्यक्ष पराजुलीले भन्नुभयो–ूध्यान शिविर संचालनका लागि धेरै ठुलो खर्च छैन । साधकका लागि सात्विक भण्डाराको व्यवस्था गरिदा खर्च लाग्ने भएको हो । खर्चको व्यवस्था भक्तजनको स्वेच्छिक सेवाबाट नै हुनेछ ।ू अध्यक्ष पराजुलीका अनुसार तीन दिने शिविरमा एक हजार पाँच सय जना भक्तजनले सत्संग गर्ने छन् भने ५ सय जनाले साधना गर्ने छन् ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया