
१हम्पाल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पत्रकार पैदल यात्रामा
३उद्यमी लामिछानेलाई परदेशी यृुवाको पाँच लाख सहयोग
४पर्वतमा एसइइ पहिलो दिन व्यवस्थित रुपमा सम्पन्न
५पत्रकार महासंघको स्थापना दिवसको अवसरमा फलफूल वितरण
६नेपाल सरकारको प्रधानमन्त्रीमा बालेन्द्र शाह
७
८गाउँको आधारभूत विद्यालयको भवन अलपत्र हुँदा पठनपाठन प्रभावित
९प्रदेश अस्पताल पर्वत कुश्माको सौन्दर्यकरण, सेवाग्राहिलाई सहज वातावरण
१०शिक्षा ऐन कार्यान्वयन नहुँदा सामुदायिक विद्यालयमा प्रअ नियुक्ति प्रभावित
११दश हजार किमी पैदल यात्रा गरी भारतीय युवा गुप्तेश्वर गुफामा
१२देव–नारायण अक्षय कोष प्रतिष्ठानको आठौं वार्षिकोत्सव सम्पन्न
१
२प्रदेश अस्पताल पर्वत कुश्माको सौन्दर्यकरण, सेवाग्राहिलाई सहज वातावरण
४उद्यमी लामिछानेलाई परदेशी यृुवाको पाँच लाख सहयोग
५हम्पाल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पत्रकार पैदल यात्रामा
६पत्रकार महासंघको स्थापना दिवसको अवसरमा फलफूल वितरण
७पर्वतमा एसइइ पहिलो दिन व्यवस्थित रुपमा सम्पन्न
८गाउँको आधारभूत विद्यालयको भवन अलपत्र हुँदा पठनपाठन प्रभावित
९नेपाल सरकारको प्रधानमन्त्रीमा बालेन्द्र शाह

मोदी गाउँपालिकाले एक लाख पुरस्कार राशीको अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रथम गाउँपालिका अध्यक्ष कप–२०८२ अन्तर्गत आयोजना गरिने भलिबल प्रतियोगितामा जिल्लाभरका सातवटै पालिकाबाट खेलाडी समूहले भाग लिन पाउने छन् ।
खेल अभियान मोदीको पहिचान भन्ने मुल नाराका साथ हुने खेलकुद कार्यक्रममा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा विविध खेलकुद साथै सांस्कृतिक कार्यक्रमहरु गरिने छन् । पालिकाले वडा ६ मा आयोजना गर्ने खेलकुद तथा सांस्कृतिक कार्यक्रम मंसीर १४ देखि १९ गते सम्म हुने जनाइएको छ ।
मोदी गाउँपालिकाका उपप्रमुख विमल लामिछानेले खेलकुद क्षेत्रको विकास मार्फत् जेन्जी पुस्तालाई सृजनशील र रचनात्मक बनाउन भनी विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिन लागेको बताउनुभयो । भलिबल प्रतियोगितामा धेरैजसो जेन्जी उमेर समूहका खेलाडीहरुकै बढी सहभागीता रहने लामिछानेको भनाई थियो । भलिबल प्रतियोगितामा द्धितीय हुने खेलाडी समूहलाई ७५ हजार र तृतीय हुने खेलाडी समूहलाई ५० हजार रुपैया पुरस्कार स्वरुप नगद राशी साथै शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
पालिकाले आयोजना गर्न लागेका सांस्कृतिक कार्यक्रमहरुमा नगद राशी पुरस्कारको व्यवस्था गरिएका लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, महिला रत्यौली प्रतियोगिता, महिला उद्यमी तथा व्यवसायीहरु विच म्युजिकल चेयर प्रतियोगिता लगायत छन् । अनावश्यक बढी खर्च नहोस् भनी आर्थिक मितव्ययिताकै लागि वडा ६ बालमैत्री घोषणा कार्यक्रम समेत एकैसाथ सम्पन्न गरिने दाबी पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीको भनाई छ ।
मोदी गाउँपालिका जनजातिको बाहुल्यता र संस्कृति रहेको पालिका भएर पनि किन जनजातिको संस्कृतिलाई समेट्न सक्नु भएन भन्ने जिज्ञासामा पालिका प्रमुख हिरादेवी शर्माले खेलकुदमा प्रतियोगी टिम धेरै सहभागी हुनुपर्ने हुँदा जनजातिको संस्कृतिलाई प्रतियोगिताको रुपमा राख्न नसकेको भए पनि आइन्दा दिनहरुमा समेट्दै जाने बताउनुभयो । उहाँले खेलकुद र सांस्कृतिक प्रतियोगिताले समाजमा सकारात्मक माहौल र आत्मीय सम्वन्धको विकास गर्न सघाउने धारणा राख्नुभयो ।



प्रतिक्रिया