
१हम्पाल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पत्रकार पैदल यात्रामा
३उद्यमी लामिछानेलाई परदेशी यृुवाको पाँच लाख सहयोग
४पर्वतमा एसइइ पहिलो दिन व्यवस्थित रुपमा सम्पन्न
५पत्रकार महासंघको स्थापना दिवसको अवसरमा फलफूल वितरण
६नेपाल सरकारको प्रधानमन्त्रीमा बालेन्द्र शाह
७
८गाउँको आधारभूत विद्यालयको भवन अलपत्र हुँदा पठनपाठन प्रभावित
९प्रदेश अस्पताल पर्वत कुश्माको सौन्दर्यकरण, सेवाग्राहिलाई सहज वातावरण
१०शिक्षा ऐन कार्यान्वयन नहुँदा सामुदायिक विद्यालयमा प्रअ नियुक्ति प्रभावित
११दश हजार किमी पैदल यात्रा गरी भारतीय युवा गुप्तेश्वर गुफामा
१२देव–नारायण अक्षय कोष प्रतिष्ठानको आठौं वार्षिकोत्सव सम्पन्न
१
२प्रदेश अस्पताल पर्वत कुश्माको सौन्दर्यकरण, सेवाग्राहिलाई सहज वातावरण
४उद्यमी लामिछानेलाई परदेशी यृुवाको पाँच लाख सहयोग
५हम्पाल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पत्रकार पैदल यात्रामा
६पत्रकार महासंघको स्थापना दिवसको अवसरमा फलफूल वितरण
७पर्वतमा एसइइ पहिलो दिन व्यवस्थित रुपमा सम्पन्न
८गाउँको आधारभूत विद्यालयको भवन अलपत्र हुँदा पठनपाठन प्रभावित
९नेपाल सरकारको प्रधानमन्त्रीमा बालेन्द्र शाह

पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनले आयोजना गरेको `होलिल्याण्ड´ कार्यक्रममा पुग्नेको निकै ठूलो भीड बिहान ११ बजेदेखि साँझसम्म देखिन्थ्यो । करिब १५ हजार दर्शकले कार्यक्रममा भाग लिएको आयोजना संस्था प्रचार नेपालका संचालक आशिष पुरीले दाबी गरे ।
डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति कार्यक्रमको आकर्षण थियो । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक (विवेक गुरुङ) थिए । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा माहोल बनाउने व्यक्ति हुन् । कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहेका थिए । होलीमा गरिएको कार्यक्रममा दर्शकले दिएको साथले आफूहरुलाई आगामी कार्यक्रम गर्न निकै हौसला थपेको स्पेक्स फोर्टिनका संचालक महेश्वरसिंह भण्डारीले बताए । अन्तिम समयमा कार्यक्रम हुने स्थान बाराही घाटबाट कोमागाने पार्क सार्नु परेपनि दर्शकको साथले कार्यक्रम सोचेभन्दा धेरै सफल भएको उनको भनाइ थियो ।
करिब सात घण्टा चलेको कार्यक्रमको होस्ट यकिन गुरुङ थिए । यो कार्यक्रमलाई टिल्ट योर वर्ल्ड र एक्स्पर्ट एजुकेसन एन्ड भिसाले सहयोग गरेका थिए । प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा द एज ब्यान्ड र स्वरको कन्सर्ट गरेको थियो जहाँ करिब ५ हजार दर्शक उपस्थित थिए । त्यसअघि गत कार्तिकमा चर्चित गायक सज्जनराज वैद्यको कन्सर्टको व्यवस्थापन प्रचार नेपालले नै गरेको थियो ।
अंग्रजी नयाँ वर्षको अवसरमा यो वर्ष आयोजित २६ औं सडक महोत्सवमा प्रचारले गत पुसमा ‘द एण्ड गेम’ नाम दिएर सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, र्यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्तेलगायतको कन्सर्ट गरेका थिए ।



प्रतिक्रिया