
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतको जलजला गाउँपालिकामा प्रहरीले गाडी चेकजाँचको क्रममा दुई जना व्यक्तिलाई लागूऔषध सहित पक्राउ गरेको छ । जलजलाको वडा ३ पानीट्याङकी स्थित मल्लाज हुँदै म्याग्दी बेनी, नागी जाने सडक खण्डमा आवतजावत गर्ने सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ग ३ च ५१४९ को पिकअप गाडीमा लुकाइ राखेको अवस्थामा एक बोरा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा म्याग्दी अन्नपुर्ण गा.पा. वडा ८ का वर्ष ४२ का युवराज गर्बुजा र ४६ वर्षे गाडी चालक देउ बहादुर पुर्जा रहेका छन् । पक्राउ परेका व्यक्तिहरुबाट जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी युवराज जंग कार्कीका अनुसार गाँजा ११ केजी ७४५ ग्राम र चरेस २६० ग्राम छ । शनिवार नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई लागु औषध गाँजा÷चरेश शीर्षकमा जिल्ला अदालत पर्वतबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ गरिएका दुई जनाबाट काटी टुक्रा तथा लहरो बनाई बोरामा राखिएको आलो मासु १०६ केजी बढी फेला परेको छ । सो मासु के को हो भन्ने खुल्न सकेको छैन ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया