
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

नमुना आमा समुह पोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा सकुन्तला अधिकारी सर्वसम्मत चयन भइएकी छन । संस्थाको विहीबार सम्पन्न ९ औ अधिवेशन तथा १७औं साधारणसभाले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
संस्थाको बरिष्ठ उपाध्यक्षमा मिरा अधिकारी, प्रथम उपाध्यक्षमा राधादेवी अधिकारी, द्वितीय उपाध्यक्ष भगवती कोइराला, तृतीय उपाध्यक्ष हिरादेवी तिमिल्सिना, सचिवमा अम्बिका आर्चाय पहारी, कोषाध्यक्षमा कलावती सापकोटा, सहसचिव पवित्रा कडेल र सहकोषाध्यक्ष मञ्जु अधिकारी चयन भएका छन । यसैगरी सदस्यहरूमा मञ्जु पहारी, धनुमाया रुकु बास्तोला, माया थापा, मायादेवी अधिकारी, दुर्गा अधिकारी, सिता गौतम, दुर्गा कोइराला, गोमा पहारी, पार्वति पहारी, चिनुमाया भण्डारी, हरिमाया पहारी, यशोदा कोइराला, हरिमाया पहारी, अम्बिका भण्डारी पहारी, सुजाता सुवेदी र प्रीति सापकोटा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक लिलाधर अधिकारीले जानकारी दिए । निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
निर्वाचन अघि भएको संस्थाको अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगर पालिका उपमेयर मञ्जु देवी गुरुङले महिलाहरूको आफ्नो हक अधिकारीका लागि महिला सशक्तिकरण गरि अगाडि बढ्नु पर्ने बताएकी छन । उनले “संसारमा सबैको मायामा केही न केही स्वार्थ लुकेको हुने हुदा आमाको मायाको मायामा विना स्वार्थ हुने हुदा समाजमा आमाहरूलाई सम्मान र इज्जत” गर्ने आग्रह गरिन । महिला हरूले नेतृत्व गरेका संघ संस्थाहरू सफलता साथ सञ्चालन भइरहेको स्मरण गर्दै अब महिलाहरूले कुनै पनि संघ संस्थाहरुको नेतृत्व तहमा पुग्न आट गर्नु पर्ने बताइन ।
पश्चिमाञ्चल होटल संघ पोखराका सचिव पार्वति पाण्डेले पर्यटकीय क्षेत्र बैदाममा भइरहेको अवस्थित पार्किङस्थल ब्यवस्थित गर्नु पर्नेमा सबैको साथ सहयोग आवश्यक रहेको बताइन । रेवान पोखराका कार्यसमितिका सदस्य सुरेश न्यौपानेले पोखरामा रहेका ऐतिहासिक वस्तुहरूको प्रचार प्रसार सहित संरक्षण, सम्र्वदन र प्रवर्द्धन गर्ने तर्फ लाग्न स्थानीय सरकार लाई आग्रह गरे । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले पर्यटकीय क्षेत्र बैदाममा लागु औषधि न्यूनिकरण र शान्ति सुरक्षा कायम राख्नका लागि सबैको सहयोगको आवश्यकता रहेको औलाए ।
लालुपाते टोलविकास संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार गोविन्दराज पहारीले समुहले समाजमा हुने गरेका महिला हिंसा सहित विकृति विसङ्गति लाई न्यूनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरेको र आफ्नो गाँउ टोलमा फोहोर मैला व्यवस्थापनमा समेत उल्लेख्य योगदान रहेको उल्लेख गरे । सल्लाहकार तथा समाज सेवी गोमा ढकालले संस्थाले समाजमा रहेको विकृति विसङ्गति सहित अन्धविश्वासको बारेका जनचेतना फैलाउन सुझाब दिइन ।
पर्यटन ब्यवसायी तथा सल्लाहकार निर्मला कडेलले समाजमा महिलाहरु हर्ने द्रष्ट्रि फरक रहेको हुदा महिला हिंसाका विरुद्ध पनि आवाज उठाउन उनले आग्रह गरिन । अध्यक्ष जुना अधिकारीले समुहले आफ्नो क्षेत्र भित्र फोहोर मैला ब्यवस्थापन देखी कोभिड र डेङ्ग रोगको बारेका जनचेतना सहित प्रचा पम्पिलेट सहित घरदैलो गरेको स्मरण गर्दै, सदस्यहरुको क्षमता विकास गर्ने उद्ददेश्यले तालिम र अभिमुखीकरण कार्यक्रम गरेको जानकारी गराएकी थिइन । नवनिर्वाचित अध्यक्ष सकुन्ता अधिकारीले आमाहरुको विचार भावनाहरु आदान प्रदान गर्ने शसक्त माध्यम बन्दै, अग्रजहरुको राय सुझाब अनुसार अगाडि बढने प्रतिबद्धता ब्यक्त गरिन ।
अध्यक्ष जुना अधिकारी अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सकुन्ताल अधिकारीले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिव अम्बिका आर्चाय पहारी, सल्लाहकार गिरिराज अधिकारी, , खहरे आमा समुहका पूर्व अध्यक्ष मैया थापा र महिला संञ्जाल बैदामकी अध्यक्ष बबिता मल्ल,माता ताल बाराही आरति सेवा समितिका अध्यक्ष ढाका बहादुर थापा र सस्थापक अध्यक्ष मिठु अधिकारी लगाएतका बक्ताहरुले संस्थाले समाजमा पु्याएको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा सचिव अम्बिका आर्चाय पहारीले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष हिरादेवी तिमिल्सीना प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्मत पारित गरेको थियो । संस्थालाई सहयोग गरेका सहगोग दातालाई सम्मान गरिएको थियो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया