
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

चार महिनादेखि निरन्तर वर्षा नहुदा खडेरीको चपेटामा पर्वत जिल्लामा आइतबार पानी परेपछि जनजीवनले केही राहत महसस गरेको छ । असोज महिनाको मध्यदेखि लामो समयसम्म वर्षा नहुदा सुक्खा बनेका खोलानाला, सिंचाई प्रणाली र खानेपानीका मुहानमा पानीको मात्रा घट्दै थियो ।
वर्षा नहुँदा किसानले लगाएको हिउँदे बाली, तरकारी तथा मकै खेतीमा प्रत्यक्ष असर परेको कृषकहरुको गुनासो थियो । कतिपय स्थानमा सिँचाइको अभावमा बाली फस्टाउन सक्दैन कि भन्ने आशंकाले कृषकहरु पिरोलिन थालेका थिए । आइतवार परेको पानीले खेतीपातीमा केही आशा थपिएको स्थानीय किसानहरु बताउँछन् । विहादी गाउँपालिका बाच्छाका काक्राको विउ उत्पादक कृषक शिवकुमार क्षेत्रीले पानी नपर्दा लगाएको मेथी, हिउँदे आलु, गहँु बालीले उत्पादन दिदैन कि भन्ने थियो पानी परेपछि भने अव नोक्सानी नहनेमा ढुक्क रहेको बताउनु भयो ।
पर्वतको फलेवास नगरपालिका वडा २ मा पर्ने थापाठानाका कृषक अशोक श्रेष्ठले हिउँदे आकाशे पानीले लगाएको तोरी, हिउँदे आलु सप्रने बताउनु भयो । बजार क्षेत्र आसपास साथै गाउँघरमा लामो समयपछि परेको वर्षाले धुलोमय वातावरण कम हुनुको साथै तापक्रम पनि धेरै घटेको स्थानीयबासी बताउँछन् । मौसमविद्हरुका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण गण्डकी क्षेत्रका विभिन्न भागमा हल्का देखि मध्यम वर्षा भएको हो ।
जिल्लाको उत्तरीभेग जलजला क्षेत्रमा भारी हिमपात भएको एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख पोषनाथ शर्माले जानकारी दिनभयो । कालान्जर पदमार्ग योजनाको जानकारी लिन जलजला क्षेत्रमा पुग्नु भएका प्रमुख शर्मालाई हिमपातका कारण कठिन भएपछि अचानक फर्कनु परेको थियो । जलजला सहित पर्वतका उत्तरी भेगमा रहेका केही उच्चस्थानमा हिउँ परेको बताइएको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया