
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

एकबारको जिन्दगीमा हरेक मानिससँग आफ्नै इच्छा र सपना हुन्छन् । केही गरुँ भनी हुँटहुटी बोक्ने युवाले फरक सपना देख्ने गर्दछन् । सपना देख्नेमध्ये थोरैले मात्रै कठिन र चुनौतीपूर्ण मानिएको आफ्नो लक्ष्य हासिल गर्छन् ।
भारत र नेपालमा रहेका धार्मिक ज्योतिर्लिङगको दर्शन पैदल यात्रा नै पुरा गर्नु भनेको कठिन र चुनौतीपूर्ण हो । यहीँ चुनौतीपूर्ण लाग्ने लक्ष्य पुरा गर्ने सपना देख्ने भारतीय युवा हुन् २९ वर्षे ललित ठाकुर । भारतको हिमाञ्चल प्रदेश जिल्ला मण्डीको चिण्डी गाउँ घर भएका ठाकुर आध्यात्मिक साधनामा रुचि राख्ने व्यक्ति हुन् । पिता बोधराज ठाकुर र माता प्रभा ठाकुरका पुत्र ठाकुरको पैदलयात्राको शुरुवात अयोध्याको राममन्दिरबाट भएको थियो ।
नेपाल प्रवेशसँगै जनकपुरको जानकी मन्दिरको दर्शन गरी शिवरात्रीमा काठमाडौ पुगेका थिए । पशुपतिनाथको दर्शन गरी पर्वत जिल्लामा रहेको कुश्माको गुप्तेश्वर गुफासम्म आइपुग्दा करीब ११ हजार किलोमिटर पैदल यात्रा तय गरिएको पैदलयात्री ठाकुरको भनाई छ । पैदल यात्राका अनूभुतिबारे पैदलयात्री ठाकुर भन्नुहुन्छर्–पैदल यात्राले आफ्नो देशलाई राम्रो गरी बुझ्न सकिन्छ । पैदल यात्रामा कहिले सवै कुरा मिल्छ भने कहिले मिल्दैन । युपीमा ठण्डी हुँदा मध्यप्रदेशमा आइपुग्दा ४५ डिग्रीको गर्मीको भोगाई भयो । कहिले मन्दिर बाहिर सडकपेटीमा सुत्नु परेको थियो । यात्राले जिन्दगीमा हरेक परिस्थितिमा हार मान्न हुन्न भन्ने सिकाउँछ ।’
पैदलयात्री ठाकुरका अनुसार यात्राको क्रममा विभिन्न ज्योतिर्लिङ्गहरु ओमकारेश्वर ज्योतिर्लिङ्ग, महाकाल ज्योतिर्लिङग, गुजरात प्रान्तमा नागेश्वर ज्योतिर्लिङग, द्धारिकाधाम सोमनाथ ज्योतिर्लिङग हुँदै महाराष्ट्रको त्रिम्वकेश्वर ज्यातिर्लिङ लगायत कर्नाटक, तमिलनाडुका विभिन्न जोतिर्लिङगको दर्शन भएको थियो । उहाँले उडिसाको जगन्नाथपुरी, झारखण्डको वैद्यनाथधाम ज्योतिर्लिङ्गको दर्शन गरेसँगै पैदल हिडेर नै दश वटा ज्यातिर्लिङगको दर्शन भइसकेको हो । घरबाट पैदल हिडेको ३ सय ९७ दिनका भारतका विभिन्न १६ वटा प्रान्तहरु पार गर्दै विहार नाका हुँदै नेपाल भित्रिएका हुन् ।
पैदलयात्री ठाकुरका मातापिता कृषक हुन् । हिमाञ्चलमा २० विघा भन्दा बढी क्षेत्रफलको जग्गामा उनको स्याउ बगान छ । स्याउ खेती नै आफ्नो परिवारको आम्दानीको स्रोत भएको युवा ठाकुरको भनाई छ । औपचारिक शिक्षा स्नातक तहसम्म पुरा गरेका ठाकुर तीन दिदीबैनीका एकल भाई हुन् । उहाँका दुई दिदीहरुको विहे भइसकेको छ ।
आफ्ना मातापिताको खुशी नै सवैभन्दा ठुलो हो भन्ने मान्यता राख्ने युवा ठाकुर भन्नुहुन्छर्–मातापिताले विहेका लागि जोड गर्नुभएको थियो । पैदल यात्रा पुरा गरिसकेपछि मात्रै विहे गर्छु भनी वचन दिएको छु । मातापिताको आज्ञानुसार नै यात्रा गरेको हो । रोजीरोटीका लागि म विदेश जादिन तर कोही युवा विदेश जान्छ भने पनि आफ्नो संस्कार भुल्न हुँदैन ।’
गुप्तेश्वर गुफामा महादेवको दर्शन गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताउने युवा ठाकुर भन्नुहुन्छर्–गुप्तेश्वर गुफाको अवलोकन गर्न र गुप्तेश्वर शिवलिंङ्गको दर्शनले थप आध्यात्मिक उर्जा मिलेको छ । गुप्तेश्वर गुफा अत्यन्तै आध्यात्मिक उर्जा स्थल रहेको हुँदा यहाँ आउने जोकोही साधकको साधना सफल हुन्छ भन्ने मलाई विश्वास छ । गुफाको सुन्दर प्राकृतिक बनोटले अचम्मित तुल्याएको छ । ’ पैदलयात्री ठाकुरले मुक्तिनाथको दर्शन गरेपछि पैदल नै भारततर्फ फर्कने बताउनुभयो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया