
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लास्थित प्रदेश अस्पताल कुश्मालाई सौन्दर्यकरण गरी बेहुली जस्तै सिंगारिएको छ । अस्पताल छिरेसँगै जोकोही सेवाग्राहिले आफू अस्पताल नभई कतै सुन्दर बगैचामा प्रवेश गर्दैछु कि भन्ने अनुभूति गर्दछन् ।
अस्पतालको गेटसँगै देव्रे साइटमा रहेको पुरानो मौलिक कलाकृतिले बनेको ढुंगे धाराबाट झरिरहेको पानी देख्दा मान्छेको मनमा आनन्दी मिल्छ । कुनैबेला पिउने पानीको समस्या झेलिरहेको अस्पतालमा ढुंगेधाराबाट निरन्तर पानी बगिरहेको देख्दा सर्वसाधारण सेवाग्राही अचम्मित छन् । अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वत अस्पतालको सौन्दर्यकरण परियोजना सम्पन्न गरेपछि अस्पतालले सौन्दर्यता पाएको हो ।
परियोजनाका परिकल्पनाकार रहनु भएका अस्पतालका निवर्तमान अध्यक्ष शंकर गिरीका अनुसार अस्पताल परिसरलाई आकर्षक, सफा र व्यवस्थित बनाउने उद्देश्यले हरियाली प्रवद्र्धन, रंगरोगन तथा भौतिक संरचनामा सुधार गरिएको छ । अस्पताल परिसरभित्र फूलबारी निर्माण, पार्किङ व्यवस्थापन, पैदलमार्ग मर्मत तथा निर्माण, चौतारी निर्माण, पर्खाल र भवनमा नयाँ रंग लगाउने काम सम्पन्न भएको छ । सौन्दर्यकरण परियोजनाको परिकल्पना गरी सफल बनाउन इमान्दारितासाथ खटेर लागेको भनी ग्लोबल समाज पर्वतले निवर्तमान अध्यक्ष गिरीलाई सम्मान समेत गरेको थियो ।
अस्पताल हाताभित्रको जिर्ण मन्दिरको पुनःनिर्माण गरिएको छ भने बुद्धको मूर्तिले अस्पताल हातालाई आध्यात्मिक माहौलको सृजना गरेको छ । बिरामी तथा कुरुवाका लागि बस्ने ठाउँ व्यवस्थित गरिएको छ भने सरसफाइमा विशेष ध्यान दिइएको छ । सौन्दर्यकरणले सेवाग्राहीलाई सहज र मानसिक रुपमा सकारात्मक वातावरण प्रदान गरेको छ ।
अस्पतालका मेसु डाक्टर ढुण्डीराज पौडेल भन्नुहुन्छ–सरकारी लगानी विना नै समुदायस्तरको आर्थिक सहयोगबाट अस्पताल परिसरमा स्वच्छ र सुन्दर वातावरण हुनु प्रशंसनीय कार्य हो । पहिले वर्षात्को समयमा हिलो र हिउँदमा धुलाम्मे हुने अस्पताल परिसर अहिले एकदमै व्यवस्थित बनेको छ । स्वास्थ्य सेवा लिन आउने बिरामीलाई स्वच्छ र शान्त वातावरण आवश्यक हुन्छ त्यसैले सौन्दर्यकरणलाई प्राथमिकतामा राखिएको पर्वत अस्पताल सौन्दर्यकरण परियोजनाका संयोजक पुरन गिरीको भनाई छ ।
सौन्दर्यकरण परियोजनाका लागि आर्थिक रकम संकलन गर्न सहयोग पुराएको बेल्जीयम च्यारिटी कार्यक्रम संयोजक झलक केसीका अनुसार परियोजनाका लागि ४२ लाख रुपैया खर्च भएको छ । परियोजनाका लागि नेपाल संयोजक मुना भुषाल, सदस्य सचिव कमल लामिछाने, आर्थिक संकलन संयोजक कृष्ण तिवारी रहनु भएको थियो भने कार्यक्रम व्यवस्थापन संयोजकमा खड्क बहादुर केसीले महत्वपूर्ण भूमिका निभाएको बताइएको छ ।
स्थानीयबासी पनि अस्पतालको नयाँ स्वरुपप्रति खुशी व्यक्त गरेका छन् । स्थानीयबासी चेतप्रसाद श्रेष्ठका अनुसार पहिलेको तुलनामा अहिले अस्पताल परिसर निकै आकर्षित र व्यवस्थित देखिन्छ । अस्पताल परिसरको बाह्य वातावरण सहज मात्र नभई स्वास्थ्य सेवास्तरमा समेत बढोत्तरी भएको छ । अस्पतालका मेसु डाक्टर पौडेलका अनुसार इमर्जेन्सी र ओपिडी गरी दैनिक स्वास्थ्यसेवा लिने सेवाग्राहीको संख्या सरदर ३ सय जना रहेको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया