
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

खरानी टकटकाएर फेरि उठ्ने छौं – युवा उद्यमी लामिछाने
गाउँमै केही गर्नुपर्छ भन्ने सकारात्मक सोचका धनी युवा हुन् पर्वत घर भएका ३९ वर्षे रामसागर लामिछाने । उद्यमी युवा लामिछाने आगलागीले ध्वस्त भएको आफ्नै डेरी उद्योगको खरानी टकटकाएर पुनः उठ्न खोज्दै गरेका युवा हुन् ।
जिल्लाको कुश्मा नगरपालिका वडा ९ कटुवाचौपारी घर भएका युवा लामिछानेको जीवनमा यही चैतको ३ गते दिउँसो कहिल्यै नसोचेको दुर्घटना आइलाग्यो । आफ्नै आँखा अगाडि वर्र्षाैको आफ्नो लगानीमा स्थापना गरेको रसल डेरी उद्योगमा अचानक आगलागी हुँदा केही क्षणमा खरानी हुन पुग्यो । घरकी श्रीमतीले ग्याँसमा दुध तताउदै गर्दा ग्याँस लिक भई आगलागी हुन पुगेको थियो ।
आगलागीमा परी डेरी उद्योगमा प्रयोगमा आएका दुध तताउने मेशीन, चिस्याउने मेशीनसँगै दुग्धजन्य उत्पादित सवै खाद्यान्न सामाग्रीहरु गरी लाखौ मूल्य बराबरका भौतिक सम्पत्ति स्वाहा भए । अदम्य साहस भएका युवा लामिछाने आगलागिले पुराएको नोक्सानीले निराशा भन्दा पनि पुनः उठ्नुपर्छ भन्ने आत्मविश्वास राख्नुहुन्छ ।
युवा उद्यमी लामिछाने भन्नुहुन्छ–जीवनमा नसोचेको विपत्ति आइलाग्यो । मलाई मेरो माटोको माया छ । यहीँ माटोमै केही गर्नुपर्छ भनी विदेशमा राम्रो कमाइ हुँदाहुँदै फर्किएको हो । फेरि धूँवा र खरानी टक्कटकाएर पहिलेभन्दा अरु बढी संघर्ष आफ्नै गाउँमा गर्छु । गाउँमै बसेर मैले मासिक एक लाख रकम सम्म सजिलै कमाउन सकेको थिए । दुःख गरे फेरि पनि कमाउन सकिन्छ ।
पीडित युवा लामिछाने श्रम, पसीना रोजगारीका लागि पाँच वर्ष दक्षिण कोरिया बसेर फर्र्किएका हुन् । कोरियामा लिएको कामको अनुभव र डेरी उद्योगमा गरेको कडा मिहिनेतले गाउँमै बसेर राम्रो कमाइ गरेको अनुभवका कारण पनि युवा लामिछानेलाई केही गर्न सक्छु भन्ने आत्मविश्वास अझै जिवित छ ।
कोरियाबाट कमाइ ल्याएको करीव ४५ लाख रुपैया साथै उद्योगबाट कमाइ गरेको रकम समेत डेरी उद्योग संचालनमा लगानी गरेको लामिछानेको भनाई छ । जस्तोसुकै विपत्तिमा पनि हिम्मत हार्नु हुन्न भन्ने मान्यता राख्ने युवा लामिछानेले आगलागिले ध्वस्त भएको डेरी उद्योग पुनः संचालन गर्छु भनी लाग्नु भएको छ । डेरी उद्योग संचालनका लागि युवा लामिछानेले आवश्यक रकमको जोहोका लागि वैकिंग ऋण र साथीभाईसँग ऋण सापटी गर्न थालको बताउनुहुन्छ ।
कोरियाबाट फर्कदै गर्दा अब कहिल्यै रोजगारीका लागि विदेश नफर्कने आटोपिठो खाएर भएपनि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच युवा लामिछानेले सोच लिएका थिए । कोरियामा रहँदा कृषि फर्ममा कार्यरत लामिछानेले दुध प्रशोधन गरी उत्पादन गरिने खाद्यपदार्थबारे समेत उतै केही जानकारी राखेको हुँदा पनि डेरी उद्योगमा रुचि रहेको बताउनुहुन्छ । उद्योगका लागि लामिछानेलाई आमा र श्रीमतीको साथसहयोग रहेको छ भने आवश्यक पर्दा कामदारहरु समेत लगाइन्छ ।
युवा लामिछानेका अनुसार डेरी उद्योगमा उत्पादन हुने कुराउनी, पनीर, दुध, दही, छुर्पी, खुवा लगायतका खाद्यसामाग्रीहरु स्थानीय किसानहरुबाट खरीद गरिएको दुधबाट नै तयार पारिन्थे । उत्पादित दुग्धजन्य सामाग्रीहरु अधिकांश स्थानीय बजारमा नै खपत हुने हुँदा बजार खोज्नको कुनै समस्या थिएन । डेरी उद्योगका लागि चाहिने करीव २ सय ७० लिटर दुध गाउँ वरपरकै फलेवास, रुग्दी, नुहार, भेडाबारे लगायत स्थानहरुबाट स्थानीय किसानहरुसँग खरीद हुने गर्दछ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया