News Portal

ताजा शिर्षकहरु

समाज

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा फलफूल वितरण

पर्वत उवासंघका अध्यक्ष ठाकुर वि पौडेल फलफूल वितरण गर्दै ।

नेपाल पत्रकार महासंघको ७१ औ स्थापना दिवस देशभरका शाखाहरुले विविध कार्यक्रमका साथ मनाइरहेका छन् । पर्वत जिल्ला शाखाले पनि आफ्नो स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
नेपाल पत्रकार महासंघ पर्वतले महासंघको ७१ औं स्थापना दिवसको अवसरमा प्रदेश अस्पताल कुश्मा पर्वतमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको जनाइएको छ । कार्यक्रममा फलेबास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, उवासंघ पर्वतका अध्यक्ष ठाकुर विपौडेल , पर्वत अस्पताल कुश्माका अध्यक्ष शिव परियार, पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायत जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागीता थियो ।

प्रतिक्रिया