
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

आगलागीबाट आफ्नो डेरी उद्योग ध्वस्त भई गहिरो पिडामा परेका पर्वतको कटुवाचौपारी गाउँका युवा उद्यमीलाई परदेशमा रहेका साथाीभाइको आर्थिक सहयोग मिलेको छ । गाउँमा रसल डेरी उद्योग संचालन गर्ने ३९ वर्षे युवा रामसागर लामिछानेलाई अमेरिका बस्ने युवाहरु मिलेर ५ लाख रकम सहयोग गरेका हुन् ।
जिल्लाको कुश्मा नगरपालिका वडा ९ कटुवाचौपारी घर भएका युवा लामिछानेको जीवनमा यही चैतको ३ गते दिउँसो कहिल्यै नसोचेको दुर्घटना आइलाग्यो । आफ्नै आँखा अगाडि वर्र्षाैको आफ्नो लगानीमा स्थापना गरेको रसल डेरी उद्योगमा अचानक आगलागी हुँदा केही क्षणमा खरानी हुन पुग्यो । घरकी श्रीमतीले ग्याँसमा दुध तताउदै गर्दा ग्याँस लिक भई आगलागी हुन पुगेको थियो ।
युवा उद्यमी लामिछानेले गाउँकै भाई अनुज लामिछाने हाल अमेरिका बस्नेको पहलमा भएको आर्थिक सहयोगले आफूलाई हिम्मत र हौसला मिलेको बताउनुहुन्छ । आगलागीमा परी डेरी उद्योगमा प्रयोगमा आएका दुध तताउने मेशीन, चिस्याउने मेशीनसँगै दुग्धजन्य उत्पादित सवै खाद्यान्न सामाग्रीहरु गरी लाखौ मूल्य बराबरका भौतिक सम्पत्ति स्वाहा भए ।
युवा उद्यमी लामिछाने भन्नुहुन्छ–आफ्नो माटोमै केही गर्नुपर्छ भनी विदेशमा राम्रो कमाइ हुँदाहुँदै फर्किएको हो । फेरि धूँवा र खरानी टक्कटकाएर पहिलेभन्दा अरु बढी संघर्ष गरी आफ्नै गाउँमा उद्यम गर्छु भनी लागेको व्यक्तिलाई मेरा गाउँले साथीभाईहरुले आर्थिक सहयोग गर्नु भएको छ । साथीभाईको साथ र सहयोगले मलाई थप खुसी र उर्जा मिलेको छ ।
पीडित युवा लामिछाने श्रम, पसीना रोजगारीका लागि पाँच वर्ष दक्षिण कोरिया बसेर फर्र्किएका हुन् । कोरियामा लिएको कामको अनुभव र डेरी उद्योगमा गरेको कडा मिहिनेतले गाउँमै बसेर मासिक एक लाख कमाइ गरेको अनुभवका कारण पनि युवा लामिछानेलाई केही गर्न सक्छु भन्ने आत्मविश्वास छ ।
कोरियाबाट कमाइ ल्याएको करीव ४५ लाख रुपैया साथै उद्योगबाट कमाइ गरेको रकम समेत डेरी उद्योग संचालनमा लगानी गरेका लामिछानेले आगलागि पछि पुनः स्थानीय किसानबाट दुध संकलनको काम सुरु गरिसकेका छन् । उद्योगका लागि लामिछानेलाई आमा र श्रीमतीको साथसहयोग रहेको छ भने आवश्यक पर्दा कामदारहरु समेत लगाइन्छ ।
युवा लामिछानेका अनुसार डेरी उद्योगमा उत्पादन हुने कुराउनी, पनीर, दुध, दही, छुर्पी, खुवा लगायतका खाद्यसामाग्रीहरु स्थानीय किसानहरुबाट खरीद गरिएको दुधबाट नै तयार पारिन्छ । उत्पादित दुग्धजन्य सामाग्रीहरु अधिकांश स्थानीय बजारमा नै खपत हुने हुँदा बजार खोज्नको कुनै समस्या छैन । डेरी उद्योगका लागि चाहिने करीव २ सय ७० लिटर दुध गाउँ वरपरकै फलेवास, रुग्दी, नुहार, भेडाबारे लगायत स्थानहरुबाट स्थानीय किसानहरुसँग खरीद हुने गर्दछ । युवा उद्यमी लामिछानेका अनुसार उद्योग वाणिज्य संघ पर्वतले एक डिफ्रिज सहयोग गरेको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया