
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतको गुप्तेश्वर गुफा परिसरमा आदिगुरु शंकराचार्यको जयन्ती मनाइएको छ । दशनामी समाज पर्वतको अगुवाइमा आदिगुरु शंकराचार्यको वैशाख शुक्ल पञ्चमीका दिन यसवर्ष पनि जन्मजयन्तीको आयोजना गरिएको हो ।
दशनामी समाज पर्वतले आयोजना गरिएको शंकराचार्य जयन्ती कार्यक्रममा आदिगुरु शंकराचार्यले पुराएको आध्यात्मिक योगदानबारे चर्चा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष हरिनारायण उपाध्यायले शंकराचार्यलाई शिवजी भगवानकै अर्को रुपमा लिइने उल्लेख गर्दै सनातन हिन्दु धर्मको रक्षार्थ भारतवर्षमा शंकराचार्यले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो ।
दशनामी समाज पर्वतका पूर्व अध्यक्ष योगराज गिरी बद्रीले शंकराचार्यको योगदानको चर्चा गर्दै भन्नुभयो–३२ वर्षकै उमेरमा संसारबाट विदा भएका शंकराचार्यले भारतका चार दिशामा चार प्रमुख मठ स्थापना गरी हिन्दु धर्मसँगै सन्यास परम्पराको विस्तार गरी अगाडि बढाउनु महान् योगदान हो । शंकराचार्यको दर्शन आज पनि उत्तिकै महत्व छ ।
कार्यक्रममा वक्ताहरुले अद्धैत्तवादी वेदान्त दर्शनको मर्मलाई सर्वसाधारणसम्म पुराउन दशनामी समाजले पहल गर्नुपर्ने सुझाएका छन् । आदिगुरु शंकराचार्यको वेदान्त दर्शनबाट प्रेरित भई पुर्खाहरुले विभिन्न स्थानहरुमा स्थापना गरेको शिवालय मठमन्दिर र गुठी जग्गाको संरक्षण गर्नका लागि दशनामी समाजले सकृयता देखाउनु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै दशनामी समाज पर्वतका पूर्व सचिव प्रनिश गिरीले अद्धैतवादी दर्शनलाई युवाहरु माझ पुराउनु आजको आवश्यता रहेको उल्लेख गर्दै दशनामी समाजले संगठित भई शंकराचार्यको आध्यात्मिक सन्देशलाई समाजमा पुराउन सकेमा सभ्य र मानवीय समाज निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
संन्यास परम्परालाई व्यवस्थित रुपमा स्थापना गरी संरक्षण र विस्तार गर्ने श्रेय शंकराचार्यलाई मिल्छ । शंकराचार्यले उपनिषद्, भगवद्गीता र ब्रह्मसूत्रमा महत्वपूर्ण भाष्य लेख्नुभएको थियो । उहाँले लेखेका भाष्यहरु आज पनि हिन्दू दर्शनका आधारभूत ग्रन्थ मानिन्छन् ।
आदिगुरु शंकराचार्यले प्रतिपादन गरेको अद्धैत वेदान्तले आत्मा र ब्रह्म एउटै हो, संसारमा देखिने भिन्नता माया-भ्रम) हो र मोक्ष ज्ञानद्धारा प्राप्त हुन्छ भन्ने मूल सिद्धान्तलाई दर्शाउँछ । आदिगुरु शंकराचार्यको जन्म ७८८ ईस्वीमा मानिदा अहिले मानिएको १२३८ औं जयन्ती हुन्छ । दशनामी समाज पर्वतकी उपाध्यक्ष आरती पुरीको अध्यक्षतामा सम्पन्न जयन्ती कार्यक्रमको संचालन सचिव नारायण गिरीले गर्नुभएको थियो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया