
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतको कुश्मामा पत्रकारिता क्षेत्रको सवलिकरणबारे वृहत्तर चर्चा गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत प्रेस रजिष्ट्रार कार्यालयको आयोजनामा मिडियाकर्मीहरु बिच एकदिने छलफल कार्यक्रमको आयोजना भएको हो ।
कार्यक्रममा मिडियामकर्मीहरुले मिडिया संचालनमा आइलागेको समस्या, चुनौती र देखेका संम्भावनाबारे खुलस्त आफ्नो कुरा राखेका थिए । पछिल्लो समयमा जिल्लामा संचालनमा रहेका विभिन्न पत्रपत्रिका, रेडियो, अनलाइन समाचार पोर्टलहरु साँगुरो हुँदै गएको विज्ञापन बजारका कारण अस्तित्व जोगाउन नै हम्मेहम्मे परेको अवस्था छ । पत्रकारहरु पेशागत आर्थिक असुरक्षाका कारण अन्यत्र पलायन हुने क्रम तिव्र छ ।
राज्यको चौथो अंग भनिने पत्रकारिता क्षेत्रलाई राज्यले लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण गर्न सकेको छैन । स्थानीय सरकारले समेत मिडियामैत्री वातावरणलाई ख्याल गर्न नसक्दा नागरिकले सहि सूचना प्राप्त गर्न नसक्ने आशंका छ । अनेकौ समस्या र चुनौतीहरुका विच पनि पत्रकारहरुले आफ्नो पत्रकारिता पेशामा संम्भावनाको खोजी गर्न सकिने विश्वास व्यक्त गरेका छन् । सूचना र सञ्चार क्षेत्रमा विकास भएको आधुनिक डिजिटल प्रविधिको भरपूर प्रयोग गरी पत्रकारितालाई अगाडि बढाउनु पर्ने आवश्यकता औल्याइएकोे छ ।
खोजमूलक पत्रकारिता, मिडिया अनुसन्धान, नविन संचार प्रविधिको प्रयोग लगायतबाट अहिलेको कठिन अवस्थाको पत्रकारिता क्षेत्रले आफूलाई अगाडि बढाउन सक्छ भन्ने मिडियाकर्मीहरुको निचोड थियो । पाठक र दर्शकहरुको रोजाई र आवश्यकताको विषयवस्तु उत्पादनमा मिडियाकर्मी गहनढंगले लाग्नुपर्ने सुझाइएको थियो ।
कार्यक्रममा प्रेस रजिस्ट्रार विमला भण्डारीले पत्रकारिताको हकहितको पक्षमा प्रदेश सरकारको पक्षबाट आफूले पहल गर्दै आएका बताउनुभयो । पत्रकारिता क्षेत्रमा समस्या र चुनौतीसँगै सम्भावना पनि रहेको उल्लेख गर्दै मिडियाकर्मीहरुले आपूmलाई अध्ययन, सीप र दक्षतामा अव्वल बनाउनुपर्नेमा सहकर्ता तथा मिडिया अनुसन्धानकर्मीहरु डा. भूमिराज चापागाई र मधु आचार्यले जोड दिनुभयो ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया