
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतको विहादी गाउँपालिकास्तरमा स्थानीय उत्पादन मार्फत् रोजगारी वृद्धि गर्ने उद्धेश्यले निर्माण गरेको औद्योगिक प्रदर्शनी भवन प्रयोग विहिन रहेको छ । नेपाल सरकारर्को एक पालिका, एक औद्योगिकग्राम’ योजना अन्तर्गत लाखौं रकम खर्च गरी निर्माण गरिएको भवन ४ वर्षदेखि प्रयोगमा आएको छैन ।
विहादी पालिकाको वडा २ तिलार चौरर्मा एक पालिका, एक औद्योगिकग्राम’ योजना अन्तर्गत उद्योग संचालन गर्न निर्माण गरिएको प्रदर्शनी भवनको संरक्षण समेत गरिएको छैन । भवनको भित्तामा लगाइएको प्लाष्टर भत्किएको छ । स्थानीयबासीका अनुसार भवनको सिलिङमा जडान गरिएका पंखाहरु चोरी गरिएका छन् । उद्योग ग्राम संचालनका लागि निर्माण गरिएको प्रदर्शनी भवन र सार्वजनिक जग्गा समथर बनाउनका लागि २ करोड ५० लाख खर्च भैसकेको वडा २ का पूर्व अध्यक्ष ओमप्रसाद कुँवरले बताउनुभयो ।
पूर्व अध्यक्ष कुँवरका अनुसार उद्योग संचालन गर्न भनी पालिकाले १ सय ७ रोपनी जग्गा समथर बनाएको छ । पालिकाले चाहने हो भने उद्योग ग्राम क्षेत्रमा कम्तिमा साना उद्योगहरु काष्ठ फर्निचर उद्योग, डेरी उद्योग, मसला उद्योग संचालन गर्न सकिन्छ भने बाँसबाट बनाउन सकिने घरलु सामाग्री र कम्पोष्ट मल उत्पादन हुने साना उद्योगको सम्भावना छ । पालिकामा औद्योगिक ग्राम संचालन गर्नका लागि स्थानीय सरकारले उदासिनता देखाएको छ । स्थानीयबासीले पालिकाका पदाधिकारीले औद्योगिक ग्राम संचालनका लागि कुनै चासो र पहल नलिनु दुःखद भएको गुनासो गरेका छन् ।
पालिकाका निमित्त प्रशासकीय अधिकृत अनिल आचार्यले भर्खरै मात्र आएको हुँदा उद्योग ग्राम संचालनबारे धेरै कुरा जानकारी नभएको बताउनुभयो । चालु आर्थिक वर्षको पालिकाको योजना र कार्यक्रम अन्तर्गत उद्योगग्रामका लागि कुनै बजेट विनियोजन गरिएको छैन । विहादी गाउँपालिकाका लागि औद्योगिक ग्राम स्थापना गर्न भनी संघ र प्रदेशबाट पटकपटक गरी २ करोड ५० लाख आएको थियो । पालिकाको औद्योगिक ग्रामको ३० करोडको डिपिआर तयार पार्न पालिका र प्रदेश सरकार मिलेर २० लाख रकम खर्च गरेका थिए ।
आर्थिक वर्ष २०७७÷०७८ मा एक पालिका एक औद्योगिक ग्राम स्थापना गर्ने भनी पर्वत जिल्लाका तीन पालिकाहरु जलजला गाउँपालिका, कुश्मा नगरपालिका र विहादी गाउँपालिकालाई अहिलेसम्म सरकारले करोडौ रकम बजेट समेत विनियोजन गरिसकेको छ । पालिकाले भने औद्योगिक ग्राम स्थापना गरी उत्पादन र रोजगारी वृद्धि गर्न कुनै चासो दिएका छैनन् ।
संघीय सरकारबाट बजेट लिएर काम गर्ने मध्ये विहादी गाउँपालिकाले औद्योगिक प्रदर्शनी भवन निर्माण गरेको थियो । अहिले निर्माण गरिएको प्रदर्शनी भवन जिर्ण बन्दा समेत कसैको ध्यान पुगेको छैन भने बाँकी पालिकाले उद्योगग्राम संचालनको नाममा करोडौं रकम खर्च गरिसकेका छन् । वन क्षेत्रको जग्गामा जलजला गाउँपालिका र कुश्मा नगरपालिकाले उद्योगग्राम संचालन गर्न खोजेपछि वन ऐन विपरितको काम भएको भनी वन कार्यालयले रोकेको हो ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया