News Portal

ताजा शिर्षकहरु

English अर्थ कुश्मा कृषि खेलकुद जलजला पर्यटन पैयूँ फलेवास फोटो ग्यालरी भिडियो महाशिला मोदी राजनीति विश्व विहादी शिक्षा समाचार समाज सम्पादकीय सहारापाटी विशेष साहित्य सुचना/प्रबिधि स्थानीय तह हेल्थ/लाइफस्टाइल

गाउँपालिकाको औद्योगिक प्रदर्शनी भवन प्रयोगविहिन

पर्वतको विहादी गाउँपालिकास्तरमा स्थानीय उत्पादन मार्फत् रोजगारी वृद्धि गर्ने उद्धेश्यले निर्माण गरेको औद्योगिक प्रदर्शनी भवन प्रयोग विहिन रहेको छ । नेपाल सरकारर्को एक पालिका, एक औद्योगिकग्राम’ योजना अन्तर्गत लाखौं रकम खर्च गरी निर्माण गरिएको भवन ४ वर्षदेखि प्रयोगमा आएको छैन ।
विहादी पालिकाको वडा २ तिलार चौरर्मा एक पालिका, एक औद्योगिकग्राम’ योजना अन्तर्गत उद्योग संचालन गर्न निर्माण गरिएको प्रदर्शनी भवनको संरक्षण समेत गरिएको छैन । भवनको भित्तामा लगाइएको प्लाष्टर भत्किएको छ । स्थानीयबासीका अनुसार भवनको सिलिङमा जडान गरिएका पंखाहरु चोरी गरिएका छन् । उद्योग ग्राम संचालनका लागि निर्माण गरिएको प्रदर्शनी भवन र सार्वजनिक जग्गा समथर बनाउनका लागि २ करोड ५० लाख खर्च भैसकेको वडा २ का पूर्व अध्यक्ष ओमप्रसाद कुँवरले बताउनुभयो ।
पूर्व अध्यक्ष कुँवरका अनुसार उद्योग संचालन गर्न भनी पालिकाले १ सय ७ रोपनी जग्गा समथर बनाएको छ । पालिकाले चाहने हो भने उद्योग ग्राम क्षेत्रमा कम्तिमा साना उद्योगहरु काष्ठ फर्निचर उद्योग, डेरी उद्योग, मसला उद्योग संचालन गर्न सकिन्छ भने बाँसबाट बनाउन सकिने घरलु सामाग्री र कम्पोष्ट मल उत्पादन हुने साना उद्योगको सम्भावना छ । पालिकामा औद्योगिक ग्राम संचालन गर्नका लागि स्थानीय सरकारले उदासिनता देखाएको छ । स्थानीयबासीले पालिकाका पदाधिकारीले औद्योगिक ग्राम संचालनका लागि कुनै चासो र पहल नलिनु दुःखद भएको गुनासो गरेका छन् ।
पालिकाका निमित्त प्रशासकीय अधिकृत अनिल आचार्यले भर्खरै मात्र आएको हुँदा उद्योग ग्राम संचालनबारे धेरै कुरा जानकारी नभएको बताउनुभयो । चालु आर्थिक वर्षको पालिकाको योजना र कार्यक्रम अन्तर्गत उद्योगग्रामका लागि कुनै बजेट विनियोजन गरिएको छैन । विहादी गाउँपालिकाका लागि औद्योगिक ग्राम स्थापना गर्न भनी संघ र प्रदेशबाट पटकपटक गरी २ करोड ५० लाख आएको थियो । पालिकाको औद्योगिक ग्रामको ३० करोडको डिपिआर तयार पार्न पालिका र प्रदेश सरकार मिलेर २० लाख रकम खर्च गरेका थिए ।
आर्थिक वर्ष २०७७÷०७८ मा एक पालिका एक औद्योगिक ग्राम स्थापना गर्ने भनी पर्वत जिल्लाका तीन पालिकाहरु जलजला गाउँपालिका, कुश्मा नगरपालिका र विहादी गाउँपालिकालाई अहिलेसम्म सरकारले करोडौ रकम बजेट समेत विनियोजन गरिसकेको छ । पालिकाले भने औद्योगिक ग्राम स्थापना गरी उत्पादन र रोजगारी वृद्धि गर्न कुनै चासो दिएका छैनन् ।
संघीय सरकारबाट बजेट लिएर काम गर्ने मध्ये विहादी गाउँपालिकाले औद्योगिक प्रदर्शनी भवन निर्माण गरेको थियो । अहिले निर्माण गरिएको प्रदर्शनी भवन जिर्ण बन्दा समेत कसैको ध्यान पुगेको छैन भने बाँकी पालिकाले उद्योगग्राम संचालनको नाममा करोडौं रकम खर्च गरिसकेका छन् । वन क्षेत्रको जग्गामा जलजला गाउँपालिका र कुश्मा नगरपालिकाले उद्योगग्राम संचालन गर्न खोजेपछि वन ऐन विपरितको काम भएको भनी वन कार्यालयले रोकेको हो ।

प्रतिक्रिया