
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वतको विहादी गाउँपालिकास्थित वडा ३ मा रहेको कुमाल गाउँ केही वर्ष अगाडि सम्म माटाको भाँडाकुडाका लागि चर्चित स्थान थियो । अहिले भने कुमाल जातिको परम्परागत पेशा विस्थापित भैई एकादेशको कथा बनेको छ ।
कुमाल गाउँमा माटाका विभिन्न थरी भाँडाकुडा बनाएर विक्री गर्ने व्यवसाय कुमाल जातिको पुख्र्यौली पेशा थियो । आयआर्जनको गतिलो माध्यम मानिएको पुख्र्यौली पेशाबाट अहिलेका युवा भने विस्थापित बनेका छन् । कुमाल जातिका युवा धेरैजसो वैदेशिक रोजगार र अन्य पेशाव्यवसायमा लाग्दा पुख्र्यौली पेशा विस्थापित बनेको स्थानीय कुमालहरुको भनाई छ । पुख्र्यौली पेशासँग सम्वन्धित ज्ञान, सीप र प्रविधिकलाबारे दखल राख्ने युवापुस्ता समेतको खडेरी कुमालगाउँमा लागेको छ । आफ्नो पुख्र्यौली पेशाको संरक्षण हुनुपर्छ भन्दै आएकी ६८ वर्षीय सुभद्रा कुमालले चिन्ता व्यक्त गर्दै भन्नुभयो–“मेरो ससुराबा कविराज कुमालले सधैं छोरानातिहरुलाई सीप सिकाउन जोड गर्नुहुन्थ्यो तर कसैले चासो दिएनन् । अलिकति काम सिक्दै गरेका पनि विदेश धाउन तिर लागे ।”
पालिकाको वडा ३ मा पर्ने पाखाथर, थारार, थुम्केली, कोखेलथर, तीनघरे भन्ने स्थानहरु कुमाल जातिको बाक्लो बस्ती रहेको क्षेत्र हो । ती सवै स्थानहरुमा बस्ने कुमाल जातिको करीव १०० घरपरिवार छन् । कुमाल बस्तीमा अगुवा कुमालहरुले माटाका घैटो, गाग्री, अम्खरा, बौना, चिलिम, सुल्पा, धूपौरो, वर्तनका लागि चाहिने भुड्का लगायत सामाग्री बनाउने गर्दथे । कुमालहरुले बनाएको सामाग्रीहरु रानीपानी, पूर्तिघाट, सेतीवेणी, वेलटारी, पैयुँखोला लगायत स्थानमा हुने मेला र बजारमा विक्री गरिन्थ्यो । कुमालवस्ती नजिकै बसोबास गर्ने ८८ वर्षीय माधव प्रसाद पाध्या भन्नुहुन्छ–“हामीले घरमा चलाउने धेरैजसो गाग्री, घैटो लगायतका भाँडाकुडा माटाकै हुने गर्दथे । चाडवाडका बेला अन्नबाली दिएर माटाका भाँडाकुडा लैजाने गरिन्थ्यो । घैटामा राखेको चिसो पानी पिउदा स्वाद नै मिठो लाग्थ्यो । माटाका राम्रा भाँडाकुडा बनाउन यहाँका बलविर कुमाल, पदम कुमालहरु ज्यादै नै सिपालु थिए ।”
युवा पुस्ताका टेक बहादुर कुमाल आफ्नो पुख्र्यौली पेशा विस्थापितबारे भन्नुहुन्छ–“पहिले देउराली भन्ने स्थानबाट भाँडाकुडा बनाउनका लागि चाहिने उपयुक्त निःशुल्क कालो माटो ल्याइन्थ्यो । त्यो जग्गा पछि व्यक्तिको नाममा गराइयो । नजिकमा उपयुक्त माटो पाउन गा¥हो भयो । प्लाष्टिक र सिल्टेका भाँडाकुडा सस्तोमा पाइन थाल्यो । माटोका भाँडाकुडा मानिसले खोज्न छाडे । त्यसपछि हाम्रा पुर्खाहरुले गर्दै आएको पेशा हामीले लिएर हिड्न कठिन भयो ।”
वडा अध्यक्ष गणेश प्रसाद पराजुलीले कुमाल जातिको पुख्र्यौली पेशाको संरक्षणका लागि पहल गरेको बताउँदै भन्नुभयो–“अहिले माटोका भाँडा र काठको सामानको महत्व फेरि बढ्दै गएको देखेर वडाले कुमाल जातिको पुख्र्यौली पेशा संरक्षण गर्न लागेको थियो । भाँडा बनाउन जान्ने स्थानीय कुमाल जाति भेट्नै कठिन भयो । युवापिढीमा माटाको भाँडा बनाउन जान्ने व्यक्ति छैनन् । माटो समेत पैसा हालेर किन्न खोज्दा पनि नजिकमा पाउन सकिदैन ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया