
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत धार्मिक पर्यटनको संम्भावना रहेको रमणीय पहाडी जिल्ला हो । यहाँ थुप्रै धार्मिक पर्यटन महत्वका मठमन्दिर, देवालय, गुफा र शक्तिपीठहरु छन् । उचित प्रचारप्रसारको अभावमा कतिपय धार्मिक पर्यटनको संम्भावना बोकेका शक्तिपीठहरु ओझेल परेका छन् ।
ओझेल परेका मध्ये सपनामा प्रकट भई स्थापना गरिएको मानिने प्रसिद्ध बाटुलेचौर कालिका भगवती मन्दिर पनि एक प्रसिद्ध शक्तिपीठ हुन् । कुश्मा नगरपालिका १२ स्थित सुन्दर र रमणीय स्थल बाटुलेचौरमा अवस्थित बाटुलेचौर कालिका मन्दिरको स्थापना वि.सं.१९५० सालमा गरिएको हो ।
स्थानीय सामाजिक व्यक्तित्व कुश्मा १० निवासी किर्तिनाथ पौडेल पाध्याले कालिका भगवतीको मन्दिर बनाउनु भएको थियो । सामाजिक व्यक्तित्व पाध्यालाई सपनामा कालिका प्रकट भैइ मन्दिर स्थापना गरी पुजा गर्न भनेपछि कालिकाको मन्दिर स्थापना गरिएको स्थानीयबासीहरुको भनाई छ । मन्दिरको स्थापना पछि निरन्तर मूर्ति राखेर भगवतीको पुजा गरिदै आएको छ । विशेष गरी दशैको घटस्थापनादेखि नवरात्रीको दिनसम्म देवीको विशेष पुजा हुन्छ । कालिका देवीको पुजा गरेपछि शक्ति प्राप्त हुने र आफ्नो मनोकांक्षा पुरा हुने विश्वास बोकेर टाढाटाढाबाट भक्तजन श्रद्धाका साथ देवीको दर्शन गर्न आउने गरेका छन् ।
कालिका मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि वडाले समेत विशेष पहल गर्न लागेको बताउँदै वडा अध्यक्ष झलक रिमाल भन्नुहुन्छ–“ऐतिहासिक र धार्मिक पवित्र स्थलमा रहेको कालिका भगवतीको नित्य पुजाआजाका लागि मासिक आठ हजार तलव दिने गरी वडाले पुजारीको व्यवस्था गरेको छ । खासगरी विजया दशमी, चैत्राष्टमी लगायत विशेष पर्वहरुमा आउने भक्तजनलाई प्रसादी ग्रहण साथै पुजाआजा व्यवस्थापनका लागि वडाले रकम विनियोजन गर्दछ ।” ऐतिहासिक र धार्मिक महत्व बोकेको स्थलमा रहेको बाटुलेचौर कालिका मन्दिरको केही समय पहिलेसम्म पुजाआजाको व्यवस्थापन हुन नसक्दा प्रचारप्रसार नभएको वडा अध्यक्ष रिमालको तर्क छ ।
अहिले बाटुलेचौर कालिका भगवतीको मन्दिर रहेको स्थान पहिले देखि नै धार्मिक र ऐतिहासिक महत्व रहेको क्षेत्र हो । पहिले बाटुलेचौरलाई राजा दशरथको यज्ञस्थल भनी पुजा गरिदै आएको थियो । राजा दशरथले भान्जा श्रवण कुमारको हत्याको पाप मोचन गर्न बाटुलेचौरमा अश्वमेघ यज्ञ गरेको किंवदन्ती छ । स्थानीयबासीले वि.सं.२०१८ सालमा बाटुलेचौरमा ६ महिने कोटीहोम महायज्ञको आयोजना गरेका थिए । उनीहरुले महामारी र प्राकृतिका विपत्ति लामोसमय झेल्नु परेपछि यसबाट मुक्ति पाउन भनी १०८ ब्रम्हाण पण्डीतहरु लगाएर कोटी होमको आयोजना गरेका थिए । कोटिहोम पछि स्थानीयबासीलाई सुखशान्ति मिलेको जनविश्वास छ ।
धार्मिक पर्यटकीय दृष्टिले महत्व बोकेको बाटुलेचौर भगवती मन्दिरको संरक्षण बाटुलेचौर कालिका क्षेत्र विकास समितिले गर्दै आएको छ । करीव ५० रोपनी क्षेत्रफलमा फैलिएको कालिका क्षेत्रमा स्थानीयबासीको सहयोगमा १०८ वरपीपलको रुख रोपिएको समितिको अध्यक्ष गणेश पौडेलले बताउनुभयो । कालिका मन्दिर र यो रहेको स्थानको ऐतिहासिक महत्वबारे उचित प्रचारप्रसार हुन नसक्दा धेरै भक्तजन आउन नसकेको स्थानीयबासीहरु बताउँछन् ।
फोटो क्याप्सनः बाटुलेचौर कालिका भगवती मन्दिर









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया