News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार समाज सहारापाटी विशेष

कुश्मा नगरपालिकामा महिला कर्मचारीको बाहुल्यता, वडा सचिवमा समेत महिलाकै अग्रता

एआईको सहयोगमा तयार पारिएको कुश्मा नगरपालिकाको वडा कार्यालय ।

पर्वतको कुश्मा नगरपालिकामा कार्यरत कर्मचारीमध्ये महिलाको संख्या पुरुषभन्दा बढी रहेको तथ्यांकले देखाउँछ । नगरपालिकाको वडा सचिव पदमा कार्यरत कर्मचारी संख्यामा समेत महिलाकै अग्रता रहेको छ ।
कुश्मा नगरपालिकाका विभिन्न शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीमध्ये महिलोको उल्लेख्य सहभागिताले स्थानीय तहको प्रशासनिक क्षेत्रमा महिलाको उपस्थिति सशक्त बन्दै गएको भन्न सकिन्छ । कुश्मा नगरपालिकाका सूचना अधिकारी ध्रुवराज पौडेलका अनुसार नगरपालिकाका १४ वडामध्ये ५ वटा वडामा मात्रै सचिव पदमा पुरुष कर्मचारी कार्यरत छन् भने बाँकी ९ वटा वडामा महिला कर्मचारी छन् ।
कुश्मा नगरपालिका वडा ७ का अध्यक्ष परशुराम पुरीले कर्मचारीको रुपमा काम गर्नेमा पुरुष भन्दा महिला कर्मचारी आफ्नो पेशाप्रति बढी जिम्मेवार र इमान्दार रही काम गर्ने गरेको बताउनु हुन्छ । लोकसेवामा महिलाहरु महिला, खुल्ला र लक्षित वर्ग समेतबाट प्रतिस्पर्धा गर्न पाउने हुँदा पनि कर्मचारी संख्यामा महिला बढी रहेको वडा अध्यक्ष पुरीको ठम्याइ छ । कुश्मा नगरपालिका अन्तरगत स्वास्थ्यकर्मी कर्मचारी सहित जोड्दा कुल २३२ जना बराबर कर्मचारीको संख्या रहेको छ । नगरपाकिलामा रहेका कुल कर्मचारीको संख्यामध्ये आधा भन्दा बढी संख्या महिलाको नै छ ।
स्थानीय तहमा महिला सहभागीता बढाउन राज्यले अवलम्वन गरेको समावेशी नीतिको सकारात्मक परिणाम पनि कुश्मा नगरपालिकामा महिला कर्मचारीको संख्या बढेको हुन सक्ने धारणा प्रदेश अस्पताल पर्वतका निवर्तमान अध्यक्ष तथा युवा राजनीतिक व्यक्तित्व शंकर गिरी राख्नुहुन्छ । महिलाको सहभागीता निजामती क्षेत्रमा बढ्नुले महिलाको नेतृत्व विकास, निर्णय प्रक्रियामा सहभागिता तथा सार्वजनिक प्रशासनमा समान अवसर सुनिश्चित गर्न थप टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया