
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत दक्षिणी भेगको बिहादी गाउँपालिकाका सबै वडामा यतिखेर पशु खोप कार्यक्रम संचालन भइरहेको छ । खोप कार्यक्रममा पशु प्राविधिक कर्मचारीहरु सक्रिय भई लागेका छन् । खोप कार्यक्रममा सक्रिय भई लाग्नेमा एक जना महिला कर्मचारी विन्दु रावत पनि छिन् । पशु प्राविधिक विन्दु रावत कर्मचारी मात्रै नभई चौध महिने दुधे शिशुकी आमा पनि हुन् ।
दुधे बालिकालाई काखमा च्यापेर आफ्नो जिम्मेवारी पुरा गर्न पक्कै सजिलो छैन । आमाको दायित्वसँगै राष्ट्रसेवाको कर्तव्य निर्वाह गर्न कर्मचारी रावत पछि हटेकी छैनन् । दैनिक रुपमा पशु चौपायामा देखिने विभिन्न रोगको उपचार, कृत्रिम गर्भाधान, खोप अभियान तथा पशुपालक किसानलाई आवश्यक परामर्श दिनुपर्ने भएकाले कर्मचारी रावत नियमित रुपमा फिल्डमा पुग्ने गर्छिन् । शिशुको हेरचाह गर्ने वैकल्पिक व्यवस्था सहज नहुँदा काखमै बोकेर सेवामा खटिनुपर्ने अवस्था रहेको उनको भनाई छ ।
रावत भन्नुहुन्छर्–नानी सानी छिन् । घरमा छाड्ने अवस्था छैन । जिम्मेवारी पनि पुरा गर्नुपर्छ । त्यसैले शिशुलाई साथमै लिएर काम गरिहेकी छु ।Ú गाउँका स्थानीय किसानहरुले पनि रावतको समर्पणको प्रशंसा गरेका छन् । स्थानीय युवा कृषक शिव कुमार क्षेत्रीले शिशुलाई बोकेरै दुर्गम बस्तीमा पुगेर सेवा दिदा आफूहरु प्रभावित भएको बताउनुभयो । महिलाहरुले मातृत्वसँगै व्यावसायिक जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्न सक्ने उदाहरण रावत बन्नुभएको छ ।
प्राविधिक कर्मचारी रावत कार्यरत गाउँमा यतिखेर पशुहरुलाई खोरेत र लम्की स्कीनको खोप लगाइदै छ । पशु प्राविधिक रावतको माइती घर सल्यान जिल्ला दार्मा गाउँपालिका ३ हो भने घर रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा १३ मा पर्छ ।
प्राविधिक रावतले बिहादी गाउँपालिकामा रही सेवा गर्न थालेको ४ वर्ष पुग्न लागेको छ । अहिले पालिकाको वडा १ रही पशु प्राविधिकको रुपमा कार्यरत रावतले गाउँगाउँ पुगेर पशु उपचार, खोप सेवा तथा किसानलाई प्राविधिक परामर्श प्रदान गरिहेकी छन् । कार्यालय तथा फिल्डमा खटिदा शिशुलाई साथमै लिएर जाने रावतको कार्यशैलीले सेवा प्रतिको समर्पण झल्काएको छ ।
बच्चासँगै खोप लगाउदै हिड्न केही कठिन भएपनि आफूलाई कर्मचारी साथीहरुको सहयोगी भावनाले हौसला दिने गरेको रावतको भनाई छ । कर्मचारी रावत भन्नुहुन्छर्–बिहादी गाउँपालिका मेरो जागिरे जीवनमा सेवा गर्ने मौका मिलेको पहिलो स्थान हो । यहाँ धेरै कुरा सिक्ने र बुझ्ने अवसर पाएको । यही गाउँ मेरा लागि प्रगतीको पाइला टेक्ने स्थल भएको हुँदा मलाई पियारो लाग्छ ।Ú
रावतको सक्रियताले सरकारी सेवामा कार्यरत महिलाले भोग्ने चुनौती र उनीहरुको योगदानलाई समेत उजागर गरेको छ । भौगोलिक हिसावले विकट र दुर्गम गाउँमा रहेका वडाहरुमा पुगेर प्राविधिक सेवा पुराउदै आएकी रावतको जागिरको पहिलो नियुक्ति नै विहादी गाउँपालिमा भएको हो । शहिद नेत्रलाल बहुप्राविधिक शिक्षालय सल्यान र राप्ती स्वर्गद्धारी प्राविधिक शिक्षालय तुलसीपुर दाङबाट प्राविधिक शिक्षा हासिल गरेकी उनले २०७९ सालमा सरकारी सेवामा नियुक्ति लिएकी हुन् ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया