
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पछिल्लो समयमा समाजमा विभिन्न प्रकारका अपराधिक घटनामा वृद्धि हुन थालेपछि नागरिकस्तरमा चिन्ता बढेको छ । हत्या, आत्महत्या दुरुत्साहन, चोरी, ठगी, लागूऔषध कारोबार, घरेलु हिंसा, साइवर अपराध तथा महिला र बालबालिका माथि हुने हिंसाजन्य घटनाले समाजमा असुरक्षाको भावना बढाएको छ ।
सुरक्षा निकायका अनुसार पछिल्ला वर्षहरुमा परम्परागत अपराधसँगै प्रविधिको दुरुपयोगबाट हुने साइवर अपराधका घटना समेत बढिरहेका छन् । सामाजिक सञ्जालमार्फत् ठगी, चरित्र हत्या तथा आर्थिक अपराधका घटनाले नयाँ चुनौती थपेको प्रहरीको भनाइ छ । पर्वतको फलेबास गाउँपालिका खानीगाउँमा गत जेष्ठ ७ गते राती विभत्स हत्या भएको अवस्थामा फेला परेकी ५२ वर्षे सन्तु नेपालीलाई डेढ तोला सुनका लागि मारिएको भन्ने प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक नेपालीको हत्या अभियोगमा सोही स्थान बस्ने २८ वर्षे कुशल पुरी करीव तीन सातापछि पक्राउ परे ।
गरी खान सक्ने उमेरको एक युवाले आमा उमेरकी महिलालाई डेढ तोला सुनकै लागि हत्या गर्नु डरलाग्दो अराधिक प्रवृत्ति हो । समाजशास्त्रीहरुका अनुसार बेरोजगारी, कुलत, पारिवारिक विखण्डन, सामाजिक मूल्य–मान्यतामा आएको ह्रास तथा प्रविधिको दुरुपयोग अपराध बढ्नुका प्रमुख कारण हुन् । विशेषगरी युवापुस्तामा बढ्दो लागूऔषधको प्रयोग र दुव्र्यसनले अपराधजन्य गतिविधिलाई प्रोत्साहन गरिरहेको बताइन्छ । अपराधका घटनाले व्यक्ति मात्र नभई परिवार र समग्र समाजलाई असर पार्ने भएकाले समयमै नियन्त्रण आवश्यक रहेको सरोकारवालाहरुको तर्क छ ।
प्रदेश अस्पताल पर्वतका निवर्तमान अध्यक्ष तथा युवा सामाजिक व्यक्तित्व शंकर गिरीका अनुसार परिवारबाटै नैतिक शिक्षा, विद्यालयमा सचेतनामूलक कार्यक्रम र समुदायस्तरमा निगरानी बढाउन सके अपराध न्यूनीकरणमा सहयोग पुग्न सक्छ । उद्योग वाणिज्य संघ पर्वतका पूर्व अध्यक्ष तथा अग्रज व्यवसायी व्यक्तित्व होमनारायण श्रेष्ठले बढ्दो अपराधिक घटनाले समाजमा शान्ति, सुरक्षा र सामाजिक सद्भावमाथि चुनौती थपिरहेको अवस्थामा सम्वन्धित सवै पक्षले अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणका लागि संयुक्त पहल गर्नुपर्ने आवश्यता औल्याउनु हुन्छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया