
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लाका अधिकांश सामुदायिक क्याम्पस यतिबेला विद्यार्थी संख्या घट्दै जाँदा र आर्थिक स्रोत खुम्चिदा अस्तित्व जोगाउने चुनौतीसँग जुधिरहेका छन् । केही दशक अगाडि सम्म उच्च शिक्षाको प्रमुख आधार मानिएका सामुदायिक क्याम्पसहरु अहिले संचालन खर्च जुटाउन समेत कठिनाइ भोग्न बाध्य भएका छन् ।
जिल्लाभर हाल १२ वटा क्याम्पस संचालनमा रहेको अवस्था छ । संचालनमा रहेका अधिकांश क्याम्पसमा नयाँ भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी घट्दो छ । माध्यमिक शिक्षा पुरा गरेका विद्यार्थीहरु अध्ययनका लागि पोखरा, काठमाडौ लगायतका सहर तथा विदेश जान थालेपछि स्थानीय क्याम्पसहरुमा विद्यार्थी आकर्षित गर्न कठिन भएको क्याम्पस संचालकहरु बताउँछन् । गाउँघरमा रहेका सामुदायिक क्याम्पसको अवस्था मात्र नभई सदरमुकाम बजारमा रहेका क्याम्पसले समेत अस्तित्व बचाउन एकीकरणको विकल्प रोजेका छन् ।
सदरमुकाम कुश्मामा रहेका शिवालय बहुमुखी क्याम्पस स्थापित २०६७ र गुप्तेश्वर बहुमुखी क्याम्पस स्थापित २०४८ लाई एकीकरण गरी कुश्मा बहुमुखी क्याम्पसको नामबाट संचालनमा ल्याइएको छ । सामुदायिक क्याम्पस भनेका समुदायको आस्था, विश्वास र समर्पण भाव जोडिएका प्राज्ञिक थलो हुन् । समुदायका शिक्षाप्रेमी नागरिकहरुको तन, मन र धनको एकमुष्ट परिणामले सामुदायिक क्याम्पसको जन्म भएको पाइन्छ ।
सदरमुकाम कुश्मामा एकीकरण गरिएका शिवालय बहुमुखी क्याम्पस र गुप्तेश्वर बहुमुखी क्याम्पसको नामकरण गरिदाको समयमा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका सम्पदाको नामसँग जोेडेर स्थापना गरिएको थियो । शिवालय बहुमुखी क्याम्पसको नाम कुश्माको ऐतिहासिक मन्दिर शिवालयको नामबाट जुराइएको थियो भने गुप्तेश्वर क्याम्पसको नाम पनि ऐतिहासिक र आध्यात्मिक महत्वको गुप्तेश्वर गुफासँग जोडेर नामाकरण गरिएको थियो ।
क्याम्पस र विद्यालयहरुलाई उसो त सरस्वतीकै मन्दिरको रुपमा लिने गरिन्छ । सनातन संस्कृति अनुसार शिव भनेका देवका पनि देव महादेव हुन् । भगवान शिवको नाम जोडिएका दुई क्याम्पसको नाम मेटाएर बनाइएको कुश्मा बहुमखी क्याम्पसको नाम कहिल्यै नमेटियोस् भन्ने आमसर्वसाधारण, विद्यार्थी, अभिभावक साथै शिक्षाप्रेमी व्यक्तित्वहरुको पवित्र धारणा रहेको छ । खास समय र परिस्थिति अनुसार दुई क्याम्पसहरु मर्ज भए । यहाँसम्म पनि ठिकै छ तर अब कुश्मा बहुमुखी क्याम्पस मर्नु हुँदैन । मेटिनु हुँदैन । ज्ञानगंगा झाँङ्गिदै जानुपर्छ भन्ने आमसर्वधारणको भावना छ । मर्ज गर्नु मात्रै ठुलो कुरा होइन । आइन्दा दिनहरुमा कुश्मा बहुमुखी क्याम्पस शैक्षिक क्षेत्रमा गर्व गर्न लायक बन्नुपर्छ ।
क्याम्पसले पहिलो साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ । पुरानै सोच, शैली र ढर्राबाट अबको शैक्षिक क्षेत्र अगाडि बढ्न सक्दैन । अब आउने क्याम्पस संचालक समिति नेतृत्वले प्राविधिक, सीपमूलक र रोजगारीमुखी कार्यक्रम संचालन गर्ने, स्थानीय तह र समुदायको लगानी तथा अपनत्व बढाउने, कृषि, पर्यटन, सूचनाप्रविधि जस्ता सम्भावना भएका विषय थप्ने, पूर्व विद्यार्थी तथा निजी क्षेत्रसँग प्रभावकारी सहकार्य गर्ने, खर्च कटौती र स्रोतको साझा उपयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने योजनावद्ध नीति र कार्यक्रम सहित स्पष्ट खाका र शैक्षिक ऐजेण्डा तय गर्न आवश्यक छ ।
कुश्मा बहुमुखी क्याम्पस जिल्लाभरका विद्यार्थीहरुका लागि हब बन्नुपर्छ । जिल्लाको शैक्षिक केन्द्र मात्रै नभई सिंगो मुलुकको विकास र सम्वृद्धिका लागि बहस र पैरवी गर्ने प्राज्ञिक थलो बनाइनुपर्छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया