
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

सरकारले सार्वजनिक सूचना तथा विज्ञापन सरकारी संचारमाध्यममार्फत् मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेको भन्दै पर्वतमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ पर्वत शाखाको नेतृत्वमा संचारकर्मीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्वत अगाडि धर्ना दिएका हुन् । सरकारले गरेको एकपक्षीय निर्णयले निजी तथा सामुदायिक संचारमाध्यमको अस्तित्व संकटमा पर्ने, प्रेस स्वतन्त्रता कमजोर हुने तथा स्थानीय संचार क्षेत्रको व्यवसायिक वातावरण झनै नराम्रोसँग प्रभावित हुने संचारकर्मीको भनाई छ ।
धर्ना कार्यक्रममा बोल्दै पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतका पदाधिकारीले सरकारी विज्ञापनमा सवै संचारमाध्यमको समान पहुँच सुनिश्चित गर्नुपर्ने माग गरेका थिए । सरकारी निर्णयले स्थानीय पत्रपत्रिका, एफएम रेडियो, अनलाइन संचारमाध्यम तथा अन्य निजी संचार संस्थाहरु प्रत्यक्ष रुपमा प्रभावित हुने संचारकर्मीहरुको गुनासो छ । धर्ना कार्यक्रम पश्चात अध्यक्ष सापकोटालेसरकारको निर्णय विरुद्ध संकलित हस्ताक्षर पत्र सहायक प्रजिअ गणेश प्रसाद पौडेललाई प्रदान गरेका थिए ।
महासंघले सरकारको निर्णय फिर्ता नभएसम्म चरणवद्ध आन्दोलनका कार्यक्रम संचालन गर्ने चेतावनी दिएको छ । धर्ना कार्यक्रममा पर्वत जिल्लाका विभिन्न संचारमाध्यम आवद्ध पत्रकारहरुले सहभागीता जनाएका थिए । जिल्लामा क्रियाशील पत्रकारहरुले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र र बहुल संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारी विज्ञापन वितरणमा निष्पक्षता र समानताको सिद्धान्त अवलम्वन गर्न सरकारसँग आग्रह गरेका छन् ।
पछिल्लो समय राज्यको चौथो अंग भनिने पत्रकारिता क्षेत्रले अनेकखाले समस्या र चुनौती खेपिरहेका बेला सरकारले दिदै आएको सरकारी विज्ञापनमा समेत विभेद गरेपछि स्थानीय मिडिया थप संकटमा पर्ने निश्चित छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया