News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कृषि समाचार सहारापाटी विशेष

५० लाख लगानी गरेर कृषि क्रान्ति गर्दै गाउँका युवा

विदेश जाने सपना देख्ने युवाको संख्या बढिरहेका बेला पर्वत जिल्लाको बाच्छा गाउँका एक युवा कृषकले भने कृषि क्षेत्रमा ५० लाख रकम लगानी गरेर उदाहरणीय काम गरेका छन् । आधुनिक कृषि प्रविधि अपनाउदै उनले तरकारी, फलफूल तथा पशुपालन व्यवसाय संचालन गरेका छन् ।
३९ वर्षे युवा कृषि शिव कुमार क्षेत्रीले केही वर्ष अघि दक्षिण कोरियाको वैदेशिक रोजगारी छोडेर गाउँमै कृषि उद्यम सुरु गरेका थिए । सुरुमा सानो लगानीबाट थालेको व्यवसाय अहिले ५० लाख रुपैयाँभन्दा बढीको लगानीमा विस्तार भएको छ । कृषक क्षेत्रीले करीव ९० रोपनी क्षेत्रफलको जग्गामा एस.के कृषि फार्मको नामबाट व्यावसायिक तरकारी खेती, फलफूल बगैचा तथा गाइभैंसीपालन संचालन गरिरहेका छन् । फार्ममा आधुनिक सिंचाई प्रणाली, टनेल खेती र कृषि उपकरणको प्रयोग गरिएको छ । र्
सुरुमा धेरैले कृषि गरेर केही हुँदैन भनेका थिएÚ, क्षेत्री भन्नुहुन्छर्, तर मेहनत र सही योजना भए कृषि पनि सम्मानजनक र आम्दानीको क्षेत्र बन्न सक्छ ।Ú कृषक क्षेत्रीको फार्मबाट वार्षिक लाखौको रुपैयाँको तरकारी तथा भक्तपुरे रैथाने काक्राको विउ बजारमा बिक्री हुने गरेको छ । प्रत्यक्ष रुपमा पाँच जनाले रोजगारी पाएका छन् भने स्थानीय किसानहरु पनि आधुनिक खेती प्रति आकर्षित भएका छन् ।
कृषक क्षेत्री अध्यक्ष रहेको बाच्छाको सिर्जनशील कृषक समूहले यस वर्ष १ हजार ४ सय केजी काक्राको समूूहगत बिउ उत्पादन हुने आंकलन गरेको छ । कृषक समूहमा ३२ जना सदस्यहरु समावेश छन् । कृषक समूहका अध्यक्ष क्षेत्रीका अनुसार गत वर्ष विउको जिल्लादर रेट प्रति केजी ६ हजार कायम गरिएको थियो । गतवर्षको दररेट अनुसार मूल्य आउँदा मात्रै पनि कृषक समूहको मात्रै उत्पादित काक्राको विउको मूल्य ८० लाख भन्दा बढी रकम हुन्छ ।
अगुवा कृषक क्षेत्रीले ४५ रोपनी जग्गामा विउ उत्पादनका लागि काक्राको खेती गर्नुभएकोमा ९० केजी विउ उत्पादन भएको छ । आफ्नो पेशामा सन्तुष्ट र खुशी रहेका कृषक क्षेत्रीले कृषकलाई ऋण नपत्याएकोमा भने दुखेसो पोख्नुहुन्छर्–सरकारले कृषकलाई सहुलियत ब्याजदरमा कृषि ऋण दिनुपर्छ । कृषि विकास वैंकले ऋण दिन्छु भनेर अन्तिममा कृषि जग्गामा पक्की बाटो नपुगेको रहेछ । बाटो नपुगपछि धितो उपयुक्त नभएको भनी अन्तिम क्षणमा ऋण नदिएकोमा चित्त दुखेको छ । यो समस्या मेरो व्यक्तिगत मात्र नभई कृषि क्षेत्रमा थप लगानी गर्न खोज्ने कृषकहरुको साझा समस्या हो ।Ú
कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल लामिछानेका अनुसार पछिल्लो समय युवाहरु व्यावसायिक कृषि क्षेत्रमा आकर्षित हुन थालेका छन् । आधुनिक प्रविधिको प्रयोग, बजार पहुँच र सरकारी सहुलियतले कृषि व्यवसायलाई थप सम्भावना बोकेको क्षेत्र बनाएको छ ।
गाउँमा उदारहणीय कृषकका रुपमा चिनिएका क्षेत्रीले आगामी दिनमा लोकल कुखुरा र हाँस पालनसमेत संचालन गर्ने योजना बनाएका छन् र्। कृषिमा अझै धेरै सम्भावना छ,Ú क्षेत्री भन्नुहुन्छर्,युवाहरु विदेशमा भन्दा गाउँमै अवसर खोज्नुपर्छ ।Ú विहादी गाउँपालिकाका कृषि शाखा प्राविधि जीवन शाही भन्नुहुन्छ,कृषक क्षेत्रीको सफलताले गाउँका अन्य युवालाई समेत कृषि पेशातर्फ प्रेरित गरेको छ । गाउँको उर्वर भूमि र आधुनिक सोचको संयोजनले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने विश्वास कृषि प्राविधिक रावतको छ ।

प्रतिक्रिया