
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

कालीगण्डकी किनारमा रहेको मालढुंगा भन्ने स्थानमा सयौं वर्षदेखि बस्दै आएको माझीबोटे बस्ती अभाव र संकटबाट गुज्रिनु परेको छ । अल्पसंख्यक समुदायमा पर्ने माझीबोटेलाई राज्यले उचित संरक्षण गर्न नसक्दा कष्टकर जीवन जिउन बाध्य बनेका छन् ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका १ मा पर्ने मालढुंगा बजारसँगै माझीबोटे बस्ती रहेको छ । मालढुंगा बजारदेखि केही उत्तरतर्फ मालढुंगा–बेनी राजमार्ग मुन्तिर माझीबोटे बस्ती पर्दछ । माझीबोटे बस्तीमा रहेको २४ घरधुरीमा करीव १ सय जना सदस्यहरु बस्दछन् । झुपडीमा बसोबास गर्दै आएका बोटेमाझीहरुले आर्थिक विपन्नताकै कारण शौचालय बनाउन सकेका छैनन् ।
माझीबोटे बस्तीमा न शौचालय छ न त घरघरमा पिउने पानीको धारा नै छ । नेपाल सरकारको ूएक घर एक धाराू भन्ने सवै नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी उपलब्ध गराउने कार्यक्रमले समेत माझीबोटे बस्तीलाई कहिल्यै छोएन । समुदायकै एक व्यक्तिको पहलमा पाइप लगाएर ल्याएको पानीको धाराको भरमा सिंगो माझीबोटे बस्ती भरपर्नु परेको छ । पिउने पानी पनि प्रर्याप्त पाउन कठिन छ । बस्तीमा खानेपानी सुविधा पुराउने भनी ४ वर्ष पहिले एक लाख रुपैयाँमा निर्माण गरिएको खानेपानी ट्यांकी अलपत्र छ । ट्यांकीमा पानी खसाल्न सकिएको छैन ।
माझीबोटे बस्तीका अगुवा मानबहादुर बोटेले कुश्मा नगरपालिकाको कार्यालयमा गएर शौचालय सामाग्री उपलब्ध गराइ दिन भनी निवेदन दिएको वर्ष दिन बढी भैसकेको तर पटक पटक सहयोगका लागि अनुरोध गर्दा समेत कुनै सुनुवाई नभएको दुःखेसो पोख्नु भयो । नेपाल सरकार मार्फत् शौचालय बनाइदिने कुरा धेरै पहिले सुनेको र वडा कार्यालयका प्रतिनिधले भनेपछि घर नजिकै खाल्डो खनेको बोटमाझीहरुको भनाई छ ।
केही माझीबोटेहरुले जेनतेन कच्ची शौचालय बनाए तर धेरैले आर्थिक अभावकै कारण बनाउन सकेका छैनन् । शौचालय बनाउन भनी खनिएको खाल्डो वर्षौदेखि उस्तै छ । माझीबोटे समुदायका ३८ वर्षे युवा गणेश माझीले भन्नुभयो–ूशौचालय बनाउन चाहिने सिमेन्ट, छड, पाइप, टिन, साइफन पाउने हो भने हामी आफैले श्रम गरी शौचालय बनाउन सक्ने थियौं । दैनिक मजदुरी गरी खानुपर्ने हामीसँग सामान खरीद गर्ने पैसा छैन ।ू
पर्वतलाई २०७१ सालमा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । पर्वतलाई खुला दिसामुक्त जिल्ला भनी घोषणा गरिएको एक दशक बढी भइसक्दा पनि माझीबोटे बस्तीका १४ घरधुरीमा भने अझै आफ्नै शौचालय छैन । मालदुंगाका माझीबोटेलाई दिसापिसाव गर्न प¥यो भने कि छिमेकीकोमा जानुप¥यो कि त भने कालीगण्डकी किनारतिर लाग्नुपर्ने अवस्था छ । माझीबोटेहरु कम पढेलेखेका छन् । धेरैजसो माझीबोटेहरु ज्याला मजदुरी, केही माछा मार्ने र ड्राइभर काम गरी दैनिक गुजारा चलाउछन् । माझीबोटेका महिलाहरु धेरैले कालीगण्डकी किनारबाट बालुवा उठाउने काम गर्दछन् ।
माझीबोटेका पुर्खाहरुले कालीगण्डकी किनारमा माछा मार्ने र सुन चाल्ने गरी जिविकोपार्जन गरेका थिए । नयाँ पुस्ताका माझीबोटेलाई भने पुर्खौली पेशाले अव गुजारा धान्न छोडिसकेको छ । आफ्ना पुर्खापुस्ताले झैं माछा मारेर जीविकोपार्जन गरौ भने पनि बोटेमाझीका सन्तानलाई सजिलो छैन । कालीगण्डकी नदीमा पहिले जस्तो धेरै माछा पाउनै सकिदैन ।
माझीबोटे समुदायका अगुवा ७० वर्षे याम बहादुर बोटे भन्नुहुन्छ–ूपहिले हाम्रा बाहरुले तीनदेखि ५ धार्नीसम्म एकै दिन माछा मार्ने गर्दथे । पहिले जस्तो कालीगण्डकीमा अहिले माछा पाइनै छोडेको छ । डोजर र एक्साभेटरले किनारबाट बालुवा र ढुंगा निकाल्दा कालीगण्डकी नदी गहिरो भई गएको छ । नदीमा करेण्ट लगाएर माछा मार्ने र बजारको फोहोर फाल्दा पनि माछा पाउन कठिन भएको हो । केही दशक यता माछा मार्ने बोटेमाझीहरुको संख्या समेत घटेको छ ।ू









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया