
१हम्पाल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पत्रकार पैदल यात्रामा
३उद्यमी लामिछानेलाई परदेशी यृुवाको पाँच लाख सहयोग
४पर्वतमा एसइइ पहिलो दिन व्यवस्थित रुपमा सम्पन्न
५पत्रकार महासंघको स्थापना दिवसको अवसरमा फलफूल वितरण
६नेपाल सरकारको प्रधानमन्त्रीमा बालेन्द्र शाह
७
८गाउँको आधारभूत विद्यालयको भवन अलपत्र हुँदा पठनपाठन प्रभावित
९प्रदेश अस्पताल पर्वत कुश्माको सौन्दर्यकरण, सेवाग्राहिलाई सहज वातावरण
१०शिक्षा ऐन कार्यान्वयन नहुँदा सामुदायिक विद्यालयमा प्रअ नियुक्ति प्रभावित
११दश हजार किमी पैदल यात्रा गरी भारतीय युवा गुप्तेश्वर गुफामा
१२देव–नारायण अक्षय कोष प्रतिष्ठानको आठौं वार्षिकोत्सव सम्पन्न
१
२प्रदेश अस्पताल पर्वत कुश्माको सौन्दर्यकरण, सेवाग्राहिलाई सहज वातावरण
४उद्यमी लामिछानेलाई परदेशी यृुवाको पाँच लाख सहयोग
५हम्पाल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पत्रकार पैदल यात्रामा
६पत्रकार महासंघको स्थापना दिवसको अवसरमा फलफूल वितरण
७पर्वतमा एसइइ पहिलो दिन व्यवस्थित रुपमा सम्पन्न
८गाउँको आधारभूत विद्यालयको भवन अलपत्र हुँदा पठनपाठन प्रभावित
९नेपाल सरकारको प्रधानमन्त्रीमा बालेन्द्र शाह

कालीगण्डकी किनारमा रहेको मालढुंगा भन्ने स्थानमा सयौं वर्षदेखि बस्दै आएको माझीबोटे बस्ती अभाव र संकटबाट गुज्रिनु परेको छ । अल्पसंख्यक समुदायमा पर्ने माझीबोटेलाई राज्यले उचित संरक्षण गर्न नसक्दा कष्टकर जीवन जिउन बाध्य बनेका छन् ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका १ मा पर्ने मालढुंगा बजारसँगै माझीबोटे बस्ती रहेको छ । मालढुंगा बजारदेखि केही उत्तरतर्फ मालढुंगा–बेनी राजमार्ग मुन्तिर माझीबोटे बस्ती पर्दछ । माझीबोटे बस्तीमा रहेको २४ घरधुरीमा करीव १ सय जना सदस्यहरु बस्दछन् । झुपडीमा बसोबास गर्दै आएका बोटेमाझीहरुले आर्थिक विपन्नताकै कारण शौचालय बनाउन सकेका छैनन् ।
माझीबोटे बस्तीमा न शौचालय छ न त घरघरमा पिउने पानीको धारा नै छ । नेपाल सरकारको ूएक घर एक धाराू भन्ने सवै नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी उपलब्ध गराउने कार्यक्रमले समेत माझीबोटे बस्तीलाई कहिल्यै छोएन । समुदायकै एक व्यक्तिको पहलमा पाइप लगाएर ल्याएको पानीको धाराको भरमा सिंगो माझीबोटे बस्ती भरपर्नु परेको छ । पिउने पानी पनि प्रर्याप्त पाउन कठिन छ । बस्तीमा खानेपानी सुविधा पुराउने भनी ४ वर्ष पहिले एक लाख रुपैयाँमा निर्माण गरिएको खानेपानी ट्यांकी अलपत्र छ । ट्यांकीमा पानी खसाल्न सकिएको छैन ।
माझीबोटे बस्तीका अगुवा मानबहादुर बोटेले कुश्मा नगरपालिकाको कार्यालयमा गएर शौचालय सामाग्री उपलब्ध गराइ दिन भनी निवेदन दिएको वर्ष दिन बढी भैसकेको तर पटक पटक सहयोगका लागि अनुरोध गर्दा समेत कुनै सुनुवाई नभएको दुःखेसो पोख्नु भयो । नेपाल सरकार मार्फत् शौचालय बनाइदिने कुरा धेरै पहिले सुनेको र वडा कार्यालयका प्रतिनिधले भनेपछि घर नजिकै खाल्डो खनेको बोटमाझीहरुको भनाई छ ।
केही माझीबोटेहरुले जेनतेन कच्ची शौचालय बनाए तर धेरैले आर्थिक अभावकै कारण बनाउन सकेका छैनन् । शौचालय बनाउन भनी खनिएको खाल्डो वर्षौदेखि उस्तै छ । माझीबोटे समुदायका ३८ वर्षे युवा गणेश माझीले भन्नुभयो–ूशौचालय बनाउन चाहिने सिमेन्ट, छड, पाइप, टिन, साइफन पाउने हो भने हामी आफैले श्रम गरी शौचालय बनाउन सक्ने थियौं । दैनिक मजदुरी गरी खानुपर्ने हामीसँग सामान खरीद गर्ने पैसा छैन ।ू
पर्वतलाई २०७१ सालमा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । पर्वतलाई खुला दिसामुक्त जिल्ला भनी घोषणा गरिएको एक दशक बढी भइसक्दा पनि माझीबोटे बस्तीका १४ घरधुरीमा भने अझै आफ्नै शौचालय छैन । मालदुंगाका माझीबोटेलाई दिसापिसाव गर्न प¥यो भने कि छिमेकीकोमा जानुप¥यो कि त भने कालीगण्डकी किनारतिर लाग्नुपर्ने अवस्था छ । माझीबोटेहरु कम पढेलेखेका छन् । धेरैजसो माझीबोटेहरु ज्याला मजदुरी, केही माछा मार्ने र ड्राइभर काम गरी दैनिक गुजारा चलाउछन् । माझीबोटेका महिलाहरु धेरैले कालीगण्डकी किनारबाट बालुवा उठाउने काम गर्दछन् ।
माझीबोटेका पुर्खाहरुले कालीगण्डकी किनारमा माछा मार्ने र सुन चाल्ने गरी जिविकोपार्जन गरेका थिए । नयाँ पुस्ताका माझीबोटेलाई भने पुर्खौली पेशाले अव गुजारा धान्न छोडिसकेको छ । आफ्ना पुर्खापुस्ताले झैं माछा मारेर जीविकोपार्जन गरौ भने पनि बोटेमाझीका सन्तानलाई सजिलो छैन । कालीगण्डकी नदीमा पहिले जस्तो धेरै माछा पाउनै सकिदैन ।
माझीबोटे समुदायका अगुवा ७० वर्षे याम बहादुर बोटे भन्नुहुन्छ–ूपहिले हाम्रा बाहरुले तीनदेखि ५ धार्नीसम्म एकै दिन माछा मार्ने गर्दथे । पहिले जस्तो कालीगण्डकीमा अहिले माछा पाइनै छोडेको छ । डोजर र एक्साभेटरले किनारबाट बालुवा र ढुंगा निकाल्दा कालीगण्डकी नदी गहिरो भई गएको छ । नदीमा करेण्ट लगाएर माछा मार्ने र बजारको फोहोर फाल्दा पनि माछा पाउन कठिन भएको हो । केही दशक यता माछा मार्ने बोटेमाझीहरुको संख्या समेत घटेको छ ।ू



प्रतिक्रिया