News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार समाज

नवनिर्मित वडा भवनबाट प्रशासनिक सेवा सुरु, भवन निर्माण गर्न जग्गादान

विहादी गाउँपालिकाको नवनिर्मित वडा १ कार्यालय भवन ।

पर्वतको विहादी गाउँपालिकास्थित वडा १ कार्यालयको नवनिर्मित आफ्नै पक्की भवनबाट प्रशासनिक सेवा सुरु भएको छ । चार कोठे नवनिर्मित पक्की वडा भवनको विहिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष परविन गुरुङले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो । अध्यक्ष गुरुङले आफ्नै भवन बनेपछि वडा कार्यालयबाट प्रवाह हुने सेवा थप व्यवस्थित, सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । स्थानीय समाजसेवी व्यक्तित्व भोलानाथ शर्माले वडा भवन निर्माणका लागि एक रोपनी भन्दा बढी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । वडा अध्यक्ष चित्र बहादुर गुरुङले जग्गादाता तथा स्थानीयको सहयोगप्रति आभार व्यक्त गर्दै विकास निर्माणका कार्यमा समुदायको सहभागीता उदाहरणीय रहेको बताउनुभयो ।
बाच्छा गाउँका स्थानीयबासीले सार्वजनिक हितका लागि जग्गादान गर्नु सकारात्मक कार्य भएको उल्लेख गर्दै वडा कार्यालयको स्थायी भवन निर्माणले सेवाग्राहीलाई दिर्घकालीन रुपमा लाभ पुग्ने विश्वास व्यक्त गरेका छन् । वडा सचिव पंकजकुमार ऋषिदेवका अनुसार पक्की भवन निर्माणका लागि ६५ लाख रुपैयाँ खर्च गरिएको हो । विहादी पालिकाका ६ वटा वडामध्ये आफ्नै भवन निर्माण हुन बाँकी रहेको वडा १ थियो । वडा १ को समेत आफ्नै भवन निर्माण भएपछि पालिकाका सवै वडा कार्यालयको आफ्नै भवनबाट सेवा प्रदान गरेका छन् ।

प्रतिक्रिया