
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतको विहादी गाउँपालिकास्थित वडा १ कार्यालयको नवनिर्मित आफ्नै पक्की भवनबाट प्रशासनिक सेवा सुरु भएको छ । चार कोठे नवनिर्मित पक्की वडा भवनको विहिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष परविन गुरुङले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो । अध्यक्ष गुरुङले आफ्नै भवन बनेपछि वडा कार्यालयबाट प्रवाह हुने सेवा थप व्यवस्थित, सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । स्थानीय समाजसेवी व्यक्तित्व भोलानाथ शर्माले वडा भवन निर्माणका लागि एक रोपनी भन्दा बढी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । वडा अध्यक्ष चित्र बहादुर गुरुङले जग्गादाता तथा स्थानीयको सहयोगप्रति आभार व्यक्त गर्दै विकास निर्माणका कार्यमा समुदायको सहभागीता उदाहरणीय रहेको बताउनुभयो ।
बाच्छा गाउँका स्थानीयबासीले सार्वजनिक हितका लागि जग्गादान गर्नु सकारात्मक कार्य भएको उल्लेख गर्दै वडा कार्यालयको स्थायी भवन निर्माणले सेवाग्राहीलाई दिर्घकालीन रुपमा लाभ पुग्ने विश्वास व्यक्त गरेका छन् । वडा सचिव पंकजकुमार ऋषिदेवका अनुसार पक्की भवन निर्माणका लागि ६५ लाख रुपैयाँ खर्च गरिएको हो । विहादी पालिकाका ६ वटा वडामध्ये आफ्नै भवन निर्माण हुन बाँकी रहेको वडा १ थियो । वडा १ को समेत आफ्नै भवन निर्माण भएपछि पालिकाका सवै वडा कार्यालयको आफ्नै भवनबाट सेवा प्रदान गरेका छन् ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया