
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लाको प्रसिद्ध गुप्तेश्वर गुफाको संरक्षण, प्रवद्र्धन तथा व्यवस्थापनमा सक्रिय गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको हालै सम्पन्न २४ औं साधारणसभा तथा अधिवेशनले गिरीको नेतृत्वमा नयाँ ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कुश्मा नगरपालिका वडा ४ स्थित गुप्तेश्वर गुफामा सम्पन्न अधिवेशनबाट नवगठित कार्यसमितिमा अध्यक्ष गिरीको नेतृत्वमा कमलकान्त पाध्या, मानकुमारी गिरी, कृष्णराज पौड्याल, प्रनिश गिरी, गोविन्द अधिकारी, सरिता चापागाई, कविन्द्र केसी, इन्दिरा केसी, कृष्ण शर्मा आचार्य चयन भएका छन् । अध्यक्ष सहित सर्वसम्मत चयन भएका सदस्यहरुलाई सामाजिक व्यक्तित्व लोकनाथ आचार्यले टिका र खादा लगाइ शुभकामना दिनुभएको थियो ।
नवगठित कार्यसमितिले गुप्तेश्वर गुफाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वलाई थप उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, पूर्वाधार विकासलाई प्राथमिकता दिने र संस्थाको आध्यात्मिक कार्यलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष गिरीले गुप्तेश्वर क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटनको विकास, सरसफाइ, प्रचारप्रसार तथा स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । अध्यक्ष गिरीले गुफालाई जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न गुफाका साधु रामअवतार बाबाजीसहित सवै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अधिवेशनमा संस्थाका निवर्तमान अध्यक्ष हरिनाराण पाध्या, पूर्व अध्यक्षहरु बलराम कर्माचार्य, मानकुमारी गिरी, तुलसी पौडेल, दुर्गानाथ भण्डारा सेवा केन्द्रकी संरक्षक माँ दुर्गानाथ, सामाजिक व्यक्तित्वहरु पृथ्वीनारायण शर्मा, विश्वप्रकाश प्रसाई, कृष्णराज पौड्या, वेदवेदांग पाठशालाका अध्यक्ष कमलकान्त आचार्य, एकता युवा क्लवका अध्यक्ष कविन्द्र केसी, कार्य समिति सदस्यहरु लगायत संस्थाका आजीवन सदस्यहरु साथै सर्वसाधारणको उल्लेख्य सहभागीता थियो ।
अधिवेशनमा सहभागी वक्ताहरुले गुप्तेश्वर क्षेत्रको समग्र विकासका लागि संस्थाले स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायसँग समन्वय गरेर दीर्घकालीन योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । नवनिर्वाचित कार्यसमितिका अन्य पदाधिकारी तथा मनोनित सदस्यहरुको नामावली भने संस्थाले औपचारिक रुपमा सार्वजनिक गर्ने जनाएको छ । साततले गुप्तेश्वर गुफा एसियाकै सवैभन्दा अलौकिक र लामो मानिन्छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया