
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जिल्लाका स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । अधिकांश पालिकाले कृषि,पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, रोजगारी तथा उद्यमशीलतालाई प्राथमिकतामा राखेका छन् ।
जिल्लाका सातै पालिकाहरुको आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई हेर्ने हो भने ४ अर्व रकम भन्दा बढी पाइन्छ । आ.व२०८३/०८४ का लागि मोदी गाउँपालिकाको ७५ करोड १८ लाख, फलेबास नगरपालिकाको ६९ करोड ३ लाख, कुश्मा नगरपालिकाको ८७ करोड ९९ लाख रहेको छ । बाँकी पालिकाहरुको बजेट हेर्ने हो भने पनि औसतमा उस्तै छ । जिल्लाका सातै स्थानीय तहले समय सीमा भित्रै बजेट ल्याइसकेका छन् ।
स्थानीय तहले दिएका प्राथमिकताहरु कागजमा हेर्दा सन्तुलित र स्थानीय आवश्यकतासँग मेल खाने देखिन्छन् तर विगतका अनुभवले देखाएको मुख्य चुनौती कार्यान्वयन नै हो । हरेक वर्ष उस्तै प्रकृतिका योजना दोहोरिने, स्रोतभन्दा बढी महत्वाकांक्षी कार्यक्रम घोषणा हुने, बजेट वर्षको अन्त्यतिर मात्र खर्च हुने र विकासको गुणस्तर कमजोर रहने समस्या अझै टड्कारो देखिन्छ । जिल्लामा फोहोर व्यवस्थापनको चुनौती बढ्दो छ । वैज्ञानिक ढंगले व्यवस्थित फोहोरको व्यवस्थापन गर्नमा जिल्लाका पालिकाहरु चुकेका छन् । पर्वत जिल्ला पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँका धार्मिक, ऐतिहासिक साथै प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा केही पालिकाहरुले चासो देखाएको भएपनि बाँकीले देखाएका छैनन् ।
मोदीगाउँपालिकाले केही हदसम्म ग्रामीण पर्यटनमा बजेट विनियोजन गरेको छ भने अन्य पालिकाले महत्व दिएको पाइदैन । जिल्लामा पर्यटन प्रवद्र्धनका लागि पर्यटन सूचना केन्द्रको आवश्यकता औल्याइदै आएको भएपनि स्थानीय तहले चासो दिएनन् । सरकारले एक पालिका एक उद्योग ग्राम भनी केही वर्ष पहिले जिल्लाका तीन वटा पालिकालाई बजेट विनियोजन गरेको थियो । उद्योग भने कुनै पनि संचालनमा आउन सकेका छैनन् । कतिपय पालिकाका कृषकको आवश्यकताले निर्माण गर्नुपर्ने चिस्यान केन्द्र अझै अलपत्र पारिएको छ ।
जिल्लाभित्र बढ्दो बसाइसराइ, बाँदर आतंक, वेरोजगारी समस्याबारे समेत यथोचित संम्बोधन गर्न स्थानीय सरकार चुकेको देखिन्छ । पटक पटक भनिदै आएको लोकल रक्सीलाई ब्राण्ड गर्ने भन्ने कुरा कागजमै सीमित छ । कृषियोग्य जमिन बढ्दो रुपमा बाझिदै गएको विषयमा समेत यथोचित भूपयोगका लागि पहल हुन सकेन । विहादी गाउँपालिकाले केहीहदसम्म भूमि वैकको अवधारणा ल्याउन खोजे पनि सफल हुन सकेन । सामुदायिक शिक्षा क्षेत्रमा घट्दो विद्यार्थी, गुणस्तरीय शिक्षामा कमी, विद्यालय समायोजन लगायतका देखा परेका समस्या र चुनौतीबारे समेत स्थानीय पालिकाहरु बेखवर जस्तै रहदै आएका छन् ।
पर्वतका धेरै पालिकामा आन्तरिक आम्दानी सीमित भएकाले संघीय र प्रदेश अनुदानमा निर्भरता उच्च छ । यस्तो अवस्थामा उत्पादनमुखी, रोजगारी सिर्जना गर्ने र दीर्घकालनी प्रतिफल दिने योजनामा लगानी केन्द्रित गर्नु आवश्यक छ । स–साना टुक्रे योजनाभन्दा स्थानीय अर्थतन्त्र चलायनमान बनाउने कृषि, पर्यटन, सिचाई, ग्रामीण सडकको स्तरोन्नति र डिजिटल सेवामा प्राथमिकता दिनु बढी प्रभावकारी हुने थियो । जिल्लाको महाशीला गाउँपालिकाले शुन्य बेरुजु बनाउन सफल रहे पनि बाँकी पालिकाले भने खासै बेरुजु घटाउनतिर लागेको पाइएन । जिल्लामा केही युवाहरु व्यावसायिक ढंगले कृषि क्षेत्रमा लागेको पाइन्छ जुन सकारात्मक पक्ष हो ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया