
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतको बाच्छा गाउँका एक युुवा कृषकलाई उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको छ । जिल्लाको विहादी गाउँपालिका वडा १ का ३९ वर्षे युवा कृषक शिवकुमार क्षेत्रीले राष्ट्रिय पुरस्कार हात पारेका छन् ।
कृषक क्षेत्रीलाई युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच विहिबार पुरस्कृत गरेको हो । मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/०८३ को वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरुको लागि राष्ट्रिय पुरस्कार कार्यक्रम अन्तर्गत उद्यमी राष्ट्रिय पुरस्कार लागि गण्डकी प्रदेशबाट छनौट हुनुभएको थियो । देशभरबाट कृषक क्षेत्रीसहित पाँच जना उद्यमीहरुले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबाट पुरस्कार पाएका थिए ।
पुरस्कार हासिल गर्नु हुनेमा कोशी प्रदेशका कृषक मनिका राई, मधेश प्रदेशका देव लाल यादव, बागमती प्रदेशका यम कुमार गोले, सुदूर पश्चिम प्रदेशका कृषक कर्मराज मल्ल छन् । विदेश जाने सपना देख्ने युवाको संख्या बढिरहेका बेला पर्वत जिल्लाको बाच्छा गाउँका एक युवा कृषकले भने कृषि क्षेत्रमा ५० लाख रकम लगानी गरेर उदाहरणीय काम गरेका छन् । आधुनिक कृषि प्रविधि अपनाउदै उनले तरकारी, फलफूल तथा पशुपालन व्यवसाय संचालन गरेका छन् ।
कृषक क्षेत्रीले केही वर्ष अघि दक्षिण कोरियाको वैदेशिक रोजगारी छोडेर गाउँमै कृषि उद्यम सुरु गरेका थिए । सुरुमा सानो लगानीबाट थालेको व्यवसाय अहिले ५० लाख रुपैयाँभन्दा बढीको लगानीमा विस्तार भएको छ । कृषक क्षेत्रीले करीव ९० रोपनी क्षेत्रफलको जग्गामा एस.के कृषि फार्मको नामबाट व्यावसायिक तरकारी खेती, फलफूल बगैचा तथा गाइभैंसीपालन संचालन गरिरहेका छन् । फार्ममा आधुनिक सिंचाई प्रणाली, टनेल खेती र कृषि उपकरणको प्रयोग गरिएको छ ।
कृषक क्षेत्रीको फार्मबाट वार्षिक लाखौको रुपैयाँको तरकारी तथा भक्तपुरे रैथाने काक्राको विउ बजारमा बिक्री हुने गरेको छ । प्रत्यक्ष रुपमा पाँच जनाले रोजगारी पाएका छन् भने स्थानीय किसानहरु पनि आधुनिक खेती प्रति आकर्षित भएका छन् ।
कृषक क्षेत्री अध्यक्ष रहेको बाच्छाको सिर्जनशील कृषक समूहले व्यावसायिक रुपमा भक्तपुरे लोकल काक्राको विउ समेत उत्पादन गर्दै आएको छ । यस वर्ष १ हजार ४ सय केजी काक्राको समूूहगत बिउ उत्पादन हुने आंकलन गरेको छ । कृषक समूहमा ३२ जना सदस्यहरु समावेश छन् । कृषक समूहका अध्यक्ष क्षेत्रीका अनुसार यस वर्ष कृषक समूहको मात्रै उत्पादित काक्राको विउको मूल्य ८० लाख भन्दा बढी रकम हुन्छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया