
१पर्वतमा साउनको दोस्रो सातासम्म ८० प्रतिशत धान रोपाइँ
२पर्वतको अर्मादीमा गाडी र बाइक एकआपसमा ठोक्किदा २ घाइते
३गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
४पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो
७पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
८भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा
९नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
१०पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
११पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
१२प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल
६पर्वतमा असार तेस्रो सातासम्म ३५ प्रतिशत धान रोपाइँ
७प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन
८गुफामा इनर ह्वील क्लव अफ पर्वतद्धारा फलफूल तथा प्रसाद वितरण
९पर्वतमा असार सकिदा ६० प्रतिशत धान रोपाइँ
१०पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण
११पर्वतका स्थानीय तहका बजेट, नीति र कार्यक्रमः अपेक्षा र चुनौती
१२साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको घुइँचो

पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असार तेस्रो सातासम्म करिब ३५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । गतवर्ष असारको तेर्सो हप्तासम्म अहिलेको भन्दा बढी प्रतिशतमा धान रोपाइँ भएको थियो ।
कृषि विकास कार्यालय पर्वतका अनुसार जिल्लामा यस वर्ष ७ हजार १६० हेक्टर क्षेत्रमा धान खेती गर्ने लक्ष्य राखिएको छ । हालसम्म २ हजार ५०६ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । जुन कुल लक्ष्यको ३५ प्रतिशत हो । अघिल्लो वर्षभन्दा यस वर्ष पर्याप्त वर्षा नभएको र केही क्षेत्रमा विउको व्याडमा रोग देखिएको कारण उत्पादन समेत गतवर्ष प्रति हेक्टर २६ हजार ८ सय ३९ मेट्रिक टन भन्दा कम हुने आँकलन गरिएको कृषि प्राविधिक मनिषा कुमालले बताउनुभयो ।
पालिकागत विवरण अनुसार फलेबास नगरपालिकामा सवैभन्दा बढी ३४.९३ प्रतिशत रोेपाइँ सम्पन्न भएको छ । त्यसपछि मोदी गाउँपालिकामा ३२ं.३३ प्रतिशत, जलजला गाउँपालिकामा ३२.४९ प्रतिशत, विहादी गाउँपालिकामा ३२.२८ प्रतिशत, महाशिला गाउँपालिकामा २९.५३ प्रतिशत, कुश्मा नगरपालिकामा १६.३४ प्रतिशत र पैयुँ गाउँपालिकामा १६ प्रतिशत रोपाइँ सम्पन्न भएको कार्यालयले जनाएको छ ।
जिल्लामा धान खेतीका प्रमुख क्षेत्रहरुमा कुश्मा नगरपालिकाका वडा नं.११, १२, १३ र १४, फलेबास नगरपालिकाका वडा नं.३, ६, ७, र ८, मोदी गाउँपालिकाका वडा नं.२ र ५, जलजला गाउँपालिकाका वडा नं.४, ६, र ७, महाशिला गाउँपालिकाका वडा नं.२ र ५ र विहादी गाउँपालिकाका वडा नं.१, २, र ३, त्यसैगरी पैयुँ गाउँपालिकाका वडा नं.२, ४, ५ र ७ रहेका छन् ।
कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल लामिछानेका अनुसार जिल्लामा गुडुरा, पोखरेली जेठोबुढो, गोरिया, एक्ले, अनदी, विरफुली, उषा–३१२, च्याम्पियन र ६४४४ लगायतका धानका जातको खेती भइरहेको छ । समयमै पर्याप्त वर्षा भएमा आगामी साताहरुमा रोपाइँले थप गति लिने र लक्ष्यअनुसार धान खेती सम्पन्न हुने कृषि प्राविधिकहरुको अपेक्षा रहेको छ ।









१गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
२नयाँ कार्य समिति गठनसँगै गुप्तेश्वर गृुफामा गतिविधि तीव्र
३पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
४पर्वतका कृषक क्षेत्रीले पाए उद्यमी राष्ट्रिय पुरस्कार
५एक बोटबाट दुई दाना मात्रै टिप्दा पनि एकपटकमा ६० किलो अकबरे खुर्सानी, उत्पादनले उत्साहित कृषक भुषाल





प्रतिक्रिया