News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार समाज

प्रदेश अस्पताल पर्वतको सौन्दर्यकरण परियोजना अनुगमन

ग्लोबल पर्वत समाजका अध्यक्ष दधि आचार्य साथै प्रदेश अस्पतालका निवर्तमान अध्यक्ष शंकर गिरी सहितको टिम सौन्दर्यकरण अनुगनमा ।

प्रदेश अस्पताल पर्वतको हाताभित्र हालैसम्पन्न सौन्दर्यकरण परियोजनाको अन्तर्राष्ट्रिय पर्वत समाजको पदाधिकारी सहितको नेतृत्वले स्थलगत अनुगमन गरेको छ । सौन्दर्यकरण परियोजना सम्पन्न गर्नका लागि अन्तर्राष्ट्रिय पर्वत समाजको पहलमा ४० लाख बढी रकम संकलन गरिएको थियो ।
सौन्दर्यकरण परियोजना सम्पन्न गर्नका लागि विश्वभर छरिएर रहेका नेपालीहरुले तन, मन र वचनले सहयोग गरेका थिए । ग्लोबल पर्वत समाजका अध्यक्ष दधि आचार्यको नेतृत्वमा आएको टोलीले अस्पताल परिसरमा सम्पन्न सौन्दर्यकरण परियोजनाको अनुगमन गरेको हो । अनुगमन टिममा समाजका उपाध्यक्षद्धय बाबुराम शर्मा र रुद्र लम्साल, कोषाध्यक्ष तिलक सापकोटा लगायतको सहभागीता रहेको थियो । उक्त टिमले अस्पताल परिसरमा निर्माण गरिएका संरचनाको अवस्था, उपयोगिता तथा संरक्षणबारे जानकारी लिदै समग्र परियोजनाको अवलोकन गरेको थियो ।
अन्तर्राष्ट्रिय पर्वत समाजले जुटाएको रकमबाट अस्पताल परिसरमा ९ वटा चौतारी, २ वटा प्रतिक्षालय, अस्पताल ग्यालरी, बुद्ध मूर्ति, शिव मन्दिरको पुनर्निमाण, बालउद्यान-चिल्ड्रेन पार्क), खुला व्यायामशाला, कलात्मक ढुंगेधारा, कृत्रिम झर्ना, ढुंगे क्यारी, गमला सहितको बगैंचा निर्माण गर्नुका साथै अस्पतालका विभिन्न स्थानमा सेवाग्राहकिा लागि आरामदायी चेयरको व्यवस्था गरिएको प्रदेश अस्पताल पर्वतका निवर्तमान अध्यक्ष शंकर गिरीले बताउनुभयो ।
अनुगमनका क्रममा परियोजनाका परिकल्पनाकार एवं तत्कालीन अस्पताल व्यवस्थापन समिति अध्यक्ष गिरी, मेडिकल सुपरिन्टेन्डेन्ट डा.ढुण्डीराज पौडेल तथा अस्पतालका मेडिकल रेकर्डर प्रकाश सुवेदीको सहभागीता थियो । निवर्तमान अध्यक्ष गिरी सहित अस्पतालका कर्मचारीले परियोजनाको अवधारणा, निर्माण प्रक्रिया तथा यसबाट अस्पताल र सेवाग्राहीले प्राप्त गरिरहेको लाभबारे जानकारी गराएका थिए ।
अनुगमन टोलीले अस्पताल परिसरलाई सेवाग्राही मैत्री, स्वच्छ, हराभरा र आकर्षक बनाउन सौन्दर्यकरण परियोजनाले महत्वपूर्ण योगदान पुराएको चर्चा गर्दै यसको संरक्षण र दिर्घकालीन व्यवस्थापनमा सबै पक्षको साझा दायित्व रहने धारणा व्यक्त गरेका थिए । विदेशमा रहेका पर्वतेलीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत पुरा गरेको परियोजनाले अस्पतालको भौतिक पूर्वाधार सुधार मात्रै नभई अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा समेत थप टेवा पुराउने विश्वास लिइएको छ ।

प्रतिक्रिया