
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असारको अन्त्यसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । गतवर्ष असारको अन्त्यसम्म अहिलेको भन्दा बढी प्रतिशतमा धान रोपाइँ भएको थियो ।
कृषि विकास कार्यालय पर्वतका अनुसार जिल्लामा यस वर्ष ७ हजार १६० हेक्टर क्षेत्रमा धान खेती गर्ने लक्ष्य राखिएको छ । हालसम्म ३ हजार ५ सय बढी हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष पर्याप्त वर्षा नभएको र केही क्षेत्रमा विउको व्याडमा रोग देखिएको कारण उत्पादन समेत गतवर्ष प्रति हेक्टर २६ हजार ८ सय ३९ मेट्रिक टन भन्दा कम हुने आँकलन गरिएको कृषि प्राविधिक मनिषा कुमालले बताउनुभयो ।
जिल्लामा धान खेतीका प्रमुख क्षेत्रहरुमा कुश्मा नगरपालिकाका वडा नं.११, १२, १३ र १४, फलेबास नगरपालिकाका वडा नं.३, ६, ७, र ८, मोदी गाउँपालिकाका वडा नं.२ र ५, जलजला गाउँपालिकाका वडा नं.४, ६, र ७, महाशिला गाउँपालिकाका वडा नं.२ र ५ र विहादी गाउँपालिकाका वडा नं.१, २, र ३, त्यसैगरी पैयुँ गाउँपालिकाका वडा नं.२, ४, ५ र ७ रहेका छन् ।
कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल लामिछानेका अनुसार जिल्लामा गुडुरा, पोखरेली जेठोबुढो, गोरिया, एक्ले, अनदी, विरफुली, उषा–३१२, च्याम्पियन र ६४४४ लगायतका धानका जातको खेती भइरहेको छ । समयमै पर्याप्त वर्षा भएमा आगामी साताहरुमा रोपाइँले थप गति लिने र लक्ष्यअनुसार धान खेती सम्पन्न हुने कृषि प्राविधिकहरुको अपेक्षा रहेको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया