
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

धार्मिक तथा पर्यटकीय विकास संस्था गुप्तेश्वर गुफामा नयाँ कार्यसमिति गठन भएसँगै संस्थाका गतिविधिले तीव्रता पाएका छन् ।
हालै सम्पन्न संस्थाको अधिवेशनबाट अध्यक्षमा सन्तु गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि गुफाको संरक्षण, व्यवस्थापन र पर्यटन प्रवद्र्धनसँग सम्वन्धित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको हो । नवनिर्वाचित कार्यसमितिले गुफा परिसरको नियमित सरसफाइ, आगन्तुकका लागि आवश्यक सेवासुविधा विस्तार, सुरक्षा व्यवस्थापन सुदृढीकरण तथा प्रचारप्रसारका कार्यक्रम संचालन सुरु गरेको जनाएको छ ।
गुफाको मौलिकता संरक्षण गर्दै धार्मिक तथा पर्यटकीय आकर्षण बढाउने उद्देश्यले अल्पकालीन र दीर्घकालीन योजना तयार गरी कार्यान्वयन थालिएको अध्यक्ष सन्तु गिरीले जानकारी दिनुभयो । अध्यक्ष गिरीका अनुसार गुफा परिसरको सौन्दर्र्यीकरण, प्रकाश व्यवस्थापन, सूचना सामग्रीको व्यवस्था, धार्मिक तथा सांस्कृतिक कार्यक्रम संचालन र विभिन्न निकायसँग समन्वय गरी आवश्यक पूर्वाधार विकासका कामलाई प्राथमिकता दिइनेछ ।
साउनमा शिव आराधना गरौं, धर्म, संस्कृति र आस्थाको संरक्षणमा सवै मिलेर सहभागी बनौं भनी गुप्तेश्वर गुफामा पवित्र साउन महिनाको अवसरमा श्री गुप्तेश्वर महादेवको विशेष पूजा–आराधना, जलाभिषेक, रुद्राभिषेक तथा दर्शन कार्यक्रमको आयोजना गरिने भएको छ ।
गुफालाई देशकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न स्थानीय तह, सरकारी निकाय, निजी क्षेत्र तथा स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको अध्यक्ष गिरीले बताउनुभयो ।
गुफा परिसरको सरसफाइ र सौन्दर्यकरणका लागि लायन्स क्लव अफ पर्वत मोदीकाली, लायन्स क्लव अफ पर्वत कुश्मा सिटी लगायत स्थानीय सामाजिक संघसंस्थाले सहयोग गरेका छन् । सामाजिक संस्थाहरुको सक्रियतामा गुफा परिसरमा सरसफाइ तथा वृक्षारोपण गर्ने काम भएको छ भने गमलामा फूल समेत रोेपिएका छन् ।
स्थानीयवासीले नयाँ नेतृत्वबाट गुप्तेश्वर गुफाको संरक्षण, व्यवस्थित संचालन तथा पर्यटकमैत्री वातावरण निर्माणमा उल्लेखनीय काम हुने अपेक्षा गरेका छन् । प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सात तले गुप्तेश्वर गुफा पर्वत जिल्लाको प्रमुख पर्यटकीय आकर्षणमध्ये एका मानिन्छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया