News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्व समाचार

भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट हरियाणाको जिन्द–सोनीपत रेलमार्गमा भारतको पहिलो हाइड्रोजन रेलको शुभारम्भ ।

विश्वमै धेरै रेल लाइन विच्छाइने मुलुकमध्ये पर्ने छिमेकी देश भारतमा पहिलो पटक हाइड्रोजन रेल संचालनमा आउने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार हरियाणाको जिन्द–सोनीपत रेलमार्गमा भारतको पहिलो हाइड्रोजन इन्धनबाट चल्ने रेलको शुभारम्भ गरेका हुन् ।
रेलको शुभारम्भ भएसँगै भारत हाइड्रोजन रेल संचालन गर्ने विश्वका सीमित देशहरुको समूहमा समावेश हुन सफल भएको छ । संचालनमा आएको जिन्द–सोनीपत हरियाणा करिब ९८ किलोमिटर छ । हाइड्रोजन फ्युल सेलमार्फत विद्युत उत्पादन गरी रेलको संचालन गरिन्छ । हाइड्रोजन रेलमा डिजेलको सट्टा पानीको बाफ मात्र उत्सर्जन हुने भएकोले कार्वन उत्सर्जन लगभग शुन्य बराबर हुन्छ ।
रेलमा २ वटा हाइड्रोजन संचालित ड्राइभिङ कार र ८ वटा यात्रु डिब्बा रहेको उल्लेख छ । रेलले करिब २ हजार ६ सय यात्रु बोक्न सक्ने जनाइएको छ । हाइड्रोजन रेलमा हाइड्रोजन चुहावट पत्ता लगाउने, स्वतः ग्यास बन्द गर्ने तथा तापक्रम निगरानी गर्ने आधुनिक सुरक्षा प्रणाली जडान गरिएको हुँदा सुरक्षित यातायातको माध्यम मानिन्छ ।
हाइड्रोजन रेल संचालनले वातावरणमैत्री र स्वच्छ यातायातलाई प्रवद्र्धन गर्छ भने डिजेलमा निर्भरता घटाउँछ । भारतको रेल प्रविधिमा हाइड्रोजन रेल नयाँ उपलब्धि मानिएको छ । संचालनमा आएको रेलको एक रुटमाा रेल र आवश्यक पूर्वाधारसहित कुल अनुमानित लागत १ सय ५० करोड भारतीय रुपैयाँ मानिएको छ ।

प्रतिक्रिया