News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार समाज

पर्वतमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

ट्याक्टर दुर्घटनाको सांकेतिक तस्वीर ।

 

पर्वतको कुश्मा नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी चालक सहित दुई जनाको शनिवार मृत्यु भएको छ । जिल्लाको कुश्मा नगरपालिका ९ मा पर्ने एकोहोरेपाठास्थित दोविल्ला–फलेबास सडकखण्डमा कुश्माबाट साइकलचोकतर्फ जादै गरेको ग १ त ७२७३ नं.को ट्याक्टर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करीव १ सय मिटर तल पुगेको थियो । दुर्घटनामा परी चालक सहित तीन जना घाइते भएका थिए । घाइतेलाई जिल्लाबाट खटिएको प्रहरीको उद्धार टोलीले उपचारको लागि प्रदेश अस्पताल पर्वत कुश्मा पुराएको थियो ।
उपचारकै क्रममा ट्याक्टर चालक कुश्मा नगरपालिका ७ बस्ने वर्ष २८ का सुजन नेपाली र ट्याक्टरमा सवार कुश्मा नगरपालिका ९ साइकल चोक बस्ने वर्ष १४ का शिशिर लामिछानेको मृत्यु भएको हो ।
दुर्घटनामा परी उपचारत ट्याक्टरमा सवार जिल्ला स्याङ्जा अर्जुन चौपारी गाउँपालिका ५ घर भई हाल कास्की पोखरा महानगरपालिका १७ विरौता बस्ने वर्ष २२ का उदय सापकोटाको दुवै खुट्टामा चोट लागेको सामान्य अवस्थामा रहेको जनाइएको छ ।
मृतकमध्ये चालक नेपालीको टाउको, दुवै हातखुट्टा र शरीरको विभिन्न भागमा गंम्भीर रुपमा चोट लागेको थियो भने मृतक लामिछानेको पेट र शरीरको विभिन्न भागमा चोट लागेको थियो ।

प्रतिक्रिया