News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार समाज

पहिरोमा परेपछि बाइक चालक गंम्भीर घाइते

सडकमा पहिरो देखिने सांकेतिक तस्वीर

पर्वतको जलजला गाउँपालिका फर्सेस्थित मालढुंगा बेनी सडक खण्डमा गुडिरहेको मोटरसाइकल पहिरोले बगाउँदा शुक्रबार दिउँसो बाइक चालक गंम्भीर घाइते भएका छन् । मालढुंगाबाट बेनी जाँदै गरेको लु ४१ प २१५७ नम्वरको मोटरसाइकल हाँकिरहेका लाल बहादुर सुवेदी गंम्भीर घाइते हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय यादवका अनुसार गुडिरहेको मोटरसाइकल माथि करीव ८० मीटर माथिको खेत भत्किन गई पहिरोले बगाएको हो । बाइकलाई घटनास्थलबाट निकाल्न सकिएको छैन । पहिरोमा परी गंम्भीर शरीरको भित्री भागमा गंम्भीर चोट लागेका ४२ वर्षे घाइते सुवेदीलाई उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको छ । घाइते सुवेदीको जलजला गाउँपालिका ४ लामखेत घर भएको बताइएको छ ।
प्रहरी प्रमुख यादवले पहिरोका कारण अवरुद्ध सडकलाई प्रहरीको उद्धार टोलीको सहयोगमा एकतर्फी खुलाइएको र घटनाको थप विवरण आउन बाँकी रहेको बताउनुभयो ।

प्रतिक्रिया