
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

सामाजिक सेवामा सक्रिय संस्था इनर ह्वील क्लब अफ पर्वतले साउन महिनाको अवसरमा गुप्तेश्वर गुफामा शिवजीको दर्शन गर्न आएका श्रद्धालु भक्तजनलाई फलफूल तथा प्रसाद वितरण गरेको छ ।
गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले साउन महिनामा गुप्तेश्वर गुफामा रुद्राअभिषेक, महामृत्युञ्जय मन्त्र पाठ सहित विशेष पुजा–आराधना गर्दै आएको छ । साउनको पहिलो सोमबार गुफामा दर्शन गर्न आउने श्रद्धालु भक्तजनको भीड लागेको थियो ।
क्लवले धार्मिक आस्था, सामाजिक सेवा तथा मानवीय सहयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले दर्शनार्थीलाई फलफूल र प्रसाद वितरण गरेको हो । कार्यक्रममा क्लवका पदाधिकारी तथा सदस्यहरुले गुफा परिसरमा उपस्थित भक्तजनलाई प्रसाद ग्रहण गराउँदै शुभकामना व्यक्त गरेका थिए ।
क्लवका अध्यक्ष तुलसी वि पौडेलले धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बतउँदै यस्ता सेवामूलक कार्यक्रमले समाजमा सहयोग, सद्भाव र मानवीय भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । आमागी दिनमा पनि स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा यस्तै कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाई थियो ।
गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका नवनिर्वाचित अध्यक्ष सन्तु गिरीले को सहभागीताले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने दाबी गर्नुभयो ।
साउन महिनामा गुप्तेश्वर महादेवको दर्शनका लागि दैनिक सयौं भक्तजन पुग्ने गरेका छन् । यस अवसरमा विभिन्न संघसंस्था तथा स्वयंसेवी समूहले समेत भक्तजनको सेवामा सहयोग गर्दै आएका छन् । गुप्तेश्वर गुफामा रुद्राभिषेक, महामृत्युञ्जय मन्त्र पाठ तथा शिवजीको विशेष पूजाआराधना हरेका सोमबार गरिने बताइएको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया