
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतको कुश्मा नगरपालिकाको अर्मादीस्थित मध्य पहाडी लोकमार्गमा बालेरो जीप र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बाइकमा सवार दुई जना घाइते भएका छन् ।
कुश्मा नगरपालिका १ अर्मादीमा नेर कुश्माबाट बागलुङ जाँदै गरेको ध १ ज ११२६ नम्वरको बोलेरो गाडी र विपरित दिशाबाट आउँदै गरेको ग १४ प ७१६२ नम्वरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए । दुई सवारी ठक्कर खाँदा मोटरसाइकल चालक वर्ष २६ का मिलन गोतामे र बाइक पछाडि सवार वर्ष २० की निरुता गोतामे घाइते भएको छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख विजय यादवका अनुसार घटनास्थलमा उद्धार टोली परिचालन गरी घाइते दुवै जनालाई उपचारका लागि प्रदेश अस्पताल पर्वत कुश्मा पुराइएको छ । घाइते हुनेहरुमा म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका २ का वाइक चालक मिलन गोतामेको दायाँ घुडामा र मुखमा चोट लागेको छ भने बाइक पछाडि सवार सोही ठेगाना भएकी निरुता गोतामेलाई दायाँ खुट्टामा चोट लागेको छ । अस्तपातका अनुसार दुवै घाइतेको स्वास्थ्य अवस्था मध्यम छ ।
बाग्लुङ जिल्ला बरेङ गाउँपालिका ५ घर भएका बोलेरो चालक लोकेन्द्र खत्रीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया