News Portal

ताजा शिर्षकहरु

विश्व समाचार

इरान–इजरायल युद्धको लपेटा विश्वका हरेक नागरिकको घरघरमा

इरान इजरायल युुद्धको तस्वीरगुगलबाट ।

इरान र इजरायलबीचको युद्धले अब केवल मध्यपूर्व क्षेत्रलाई मात्र नभई विश्वका हरेक नागरिकको दैनिकीलाई प्रत्यक्ष प्रभावित गर्न थालेको छ । उर्जा, खाद्यान्न, ढुवानी, पर्यटन, वैदेशिक रोजगारी र विश्व अर्थतन्त्रमा परेको प्रभावले युद्धको असर प्रत्येक परिवारको भान्सासम्म पुगेको विश्लेषण गरिएको छ ।
युद्ध इरान र इजरायलबीच दुई देशमा सीमित नभएर विश्व महाशक्ति मानिने अमेरिका समेत प्रत्यक्ष जोडिएको छ । युद्धका कारण तेल उत्पादन तथा ढुवानीमा अवरोध सिर्जना भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो छ । यसको प्रभावस्वरुप इन्धन महंगो हुँदा ढुवानी खर्च बढ्ने र त्यसको समग्र असर खाद्यान्न, औषधि, निर्माण सामग्री तथा अन्य दैनिक उपभोग्य वस्तको मूल्य वृद्धि चर्किदै छ ।
नेपाल जस्ता आयातमा निर्भर मुलुकमा यसको प्रभाव अझ बढी महसुस हुन सक्ने देखिन्छ । अहिले नै सर्वसाधारण उपभोक्तालाई खाना पकाउने ग्याँस सहजै पाउन मुस्किल पर्दैछ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढे ढुवानी खर्च बढ्ने, त्यसले बजारमा उपलब्ध दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गराउने तथा निर्माण र कृषि क्षेत्रमा उत्पादन लगायतसमेत बढाउने सम्भावना रहेको छ । वैदेशिक रोजगारी, पर्यटन र रेमिट्यान्समा समेत अप्रत्यक्ष असर पर्ने विश्लेषण गरिएको छ ।
नेपालबाट लाखौको संख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् । खाडी मुलुकहरु कतार, दुवही, बहराइन, साउदी अरब लगायत इरान–इजरायल युद्धमा तानिदै छन् । यो युद्ध नेपालका धेरै घरपरिवारको आर्थिक, सामाजिक र दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय बनेको छ ।
विश्लेषकहरुका अनुसार आधुनिक विश्वमा कुनै पनि क्षेत्रीय युद्धको प्रभाव सीमित रहँदैन । उर्जा बजार, व्यापार, वित्तीय प्रणाली र आपूर्ति श्रृखंला एकअर्कासँग जोडिएका कारण एक क्षेत्रमा भएको द्धन्द्धको असर विश्वका हरेक देश र नागरिकसम्म पुग्छ । इरानसँग भएको इजरायल र अमेरिकाको युद्ध पाँच महिना पुगिसक्दा यसबाट नेपालीको भान्सा समेत अछुतो रहेन ।

प्रतिक्रिया