
१स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
६मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
७नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
८रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश
९रसुवामा बाढीको कहरः खोज तथा उद्धार तीव्र, सयौ अझै वेपत्ता
१०चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
११अटो दुर्घटनामा एकको मृत्यु, चार घाइते
१२गायिका गौतम र सेन्चुरीको स्वरमा मोरे सैया गीत सार्वजनिक
१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी
६नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
७बाढीले कटान गरेपछि त्रिपालले जोगाइदै मालढुंगा पुल
८चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
९सात वर्षदेखि अलपत्र बिहादीको अस्पताल
१०संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
११स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१२रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश

पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमान गरिएकोमध्ये साउनको चौथो हप्तासम्म ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा अनुमान गरिएको ७ हजार १ सय ६० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६ हजार ८ सय २ हेक्टरमा धान रोपाइँ भएको छ । यो कुल लक्ष्यको ९५ प्रतिशत हो ।
कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल लामिछानेका अनुसार जिल्लाको सात वटा पालिकामध्ये मोदि गाउँपालिकामा धान रोपाइँ शतप्रतिशत पुगेको छ । मोदी गाउँपालिकामा ९ सय ४२ हेक्टरमध्ये ९ सय ४२ हेक्टर -१०० प्रतिशत) मा रोपाइँ सम्पन्न भएको कार्यालयले जनाएको छ ।
फलेबासमा १ हजार ३ सय ५१ हेक्टरमध्ये १ हजार २ सय ६५ हेक्टर-९३.६० प्रतिशत) मा रोपाइँ सम्पन्न भएको छ । जिल्लाको सवैभन्दा बढी धान खेती हुने कुश्मा नगरपालिकामा २ हजार ५ सय २५ हेक्टरमध्ये २ हजार ३ सय ४८ हेक्टरमा रोपाइँ सम्पन्न भएको कार्यालयले जनाएको छ । जलजला गाउँपालिकामा ८ सय १८ हेक्टरमध्ये ७ सय ७७ हेक्टर, महाशिला गाउँपालिकामा ३ सय ९९ हेक्टरमध्ये ३ सय ७९ हेक्टर, बिहादी गाउँपालिकामा ३ सय ८५ हेक्टरमध्ये ३ सय ६६, पैयुँ गाउँपालिकामा ७ सय ४० हेक्टरमध्ये ७ सय २५ हेक्टर-९७.९६ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।
कार्यालयका कृषि प्राविधिक मनिषा कुमालका अनुसार कुश्मा नगरपालिका १ र २ का केही क्षेत्र बाहेक अधिकांश स्थानमा रोपाइँ सकिएको छ । फलेवास नगरपालिका ३, ६, ७ र ८ तथा मोदी गाउँपालिकाका सबै क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने जलजला, महाशिला, बिहादी र पैयुँका केही उच्च तथा ढिलो रोपाइँ हुने क्षेत्रमा मात्र काम बाँकी रहेको बताइएको छ ।
जिल्लामा सिनुवा, पोखरेली जेठो बुढो, एक्ले, गुडुरा, चम्पेन र यूएस–३१२ लगायतका धानका जात किसानले मुख्य रुपमा लगाउँदै आएका छन् । केही ढिलाइ गरी पर्याप्त वर्षा भएकाले यस वर्ष रोपाइँ सन्तोषजनक रुपमा अघि बढेको कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।









१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी





प्रतिक्रिया