
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमान गरिएकोमध्ये साउनको चौथो हप्तासम्म ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा अनुमान गरिएको ७ हजार १ सय ६० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६ हजार ८ सय २ हेक्टरमा धान रोपाइँ भएको छ । यो कुल लक्ष्यको ९५ प्रतिशत हो ।
कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल लामिछानेका अनुसार जिल्लाको सात वटा पालिकामध्ये मोदि गाउँपालिकामा धान रोपाइँ शतप्रतिशत पुगेको छ । मोदी गाउँपालिकामा ९ सय ४२ हेक्टरमध्ये ९ सय ४२ हेक्टर -१०० प्रतिशत) मा रोपाइँ सम्पन्न भएको कार्यालयले जनाएको छ ।
फलेबासमा १ हजार ३ सय ५१ हेक्टरमध्ये १ हजार २ सय ६५ हेक्टर-९३.६० प्रतिशत) मा रोपाइँ सम्पन्न भएको छ । जिल्लाको सवैभन्दा बढी धान खेती हुने कुश्मा नगरपालिकामा २ हजार ५ सय २५ हेक्टरमध्ये २ हजार ३ सय ४८ हेक्टरमा रोपाइँ सम्पन्न भएको कार्यालयले जनाएको छ । जलजला गाउँपालिकामा ८ सय १८ हेक्टरमध्ये ७ सय ७७ हेक्टर, महाशिला गाउँपालिकामा ३ सय ९९ हेक्टरमध्ये ३ सय ७९ हेक्टर, बिहादी गाउँपालिकामा ३ सय ८५ हेक्टरमध्ये ३ सय ६६, पैयुँ गाउँपालिकामा ७ सय ४० हेक्टरमध्ये ७ सय २५ हेक्टर-९७.९६ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।
कार्यालयका कृषि प्राविधिक मनिषा कुमालका अनुसार कुश्मा नगरपालिका १ र २ का केही क्षेत्र बाहेक अधिकांश स्थानमा रोपाइँ सकिएको छ । फलेवास नगरपालिका ३, ६, ७ र ८ तथा मोदी गाउँपालिकाका सबै क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने जलजला, महाशिला, बिहादी र पैयुँका केही उच्च तथा ढिलो रोपाइँ हुने क्षेत्रमा मात्र काम बाँकी रहेको बताइएको छ ।
जिल्लामा सिनुवा, पोखरेली जेठो बुढो, एक्ले, गुडुरा, चम्पेन र यूएस–३१२ लगायतका धानका जात किसानले मुख्य रुपमा लगाउँदै आएका छन् । केही ढिलाइ गरी पर्याप्त वर्षा भएकाले यस वर्ष रोपाइँ सन्तोषजनक रुपमा अघि बढेको कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया