
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत जेसीजले युवालाई खेलकुदमा आकर्षित गर्दै स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले रु.१ लाख ११ हजार राशिको ७ ए साइड खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही साउन २८ गतेदेखि ३१ गतेसम्म पर्वत जिल्लाको कुश्मा नगरपालिकाको बडागाउँ खेल मैदानमा संचालन हुनेछ ।
पर्वत जेसीजको आयोजनामा हुने प्रतियोगितामा जिल्ला भित्र तथा बाहिरका विभिन्नन फुटबल क्लब तथा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । पर्वत जेसीजका अध्यक्ष–२०२६ जेसी शर्मिला शर्माका अनुसार प्रतियोगितामार्फत् जिल्लामा फुटबल खेलको विकास गर्नुका साथै युवामा अनुशासन, नेतृत्व क्षमता र आपसी भाइचाराको भावना विकास गर्ने लक्ष्य राखिएको छ । प्रतियोगितामा राष्ट्रिय स्तरका उत्कृष्ट टोलीहरुको सहभागीता रहनेछ ।
प्रतियोगिताको विजेता टोलीले रु.१ लाख ११ हजार १११ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई रु.५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी, फेयर प्ले टिमका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार अहिलेसम्म ३ वटा टिमले प्रतियोगिताका लागि दर्ता गरिसकेको र १६ वटा टिम सम्पर्कमा आएका छन् ।
गतिविधिमा टेवा पुग्ने आयोजकको विश्वास छ । पर्वत जेसीजले शनिवार पर्वत जेसीज कपको अनावरण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका अध्यक्षीय क्लव अध्यक्ष सिनेटर कृष्णप्रसाद श्रेष्ठले कपको अनावरण गर्नुभएको थियो ।
पर्वत जेसीज नेपाल जेसीजअन्तर्गतको गैरराजीतिक तथा गैरनाफामूलक युवा संस्था हो । सन् १९९६ मा स्थापना भएको पर्वत जेसीजले व्यक्तित्व तथा नेतृत्व विकाससँगै सामाजिक पर्वतलाई खेलकुद गतिविधिको केन्द्रका रुपमा प्रवद्र्धन गर्न सहयोग पुग्ने साथै स्थानीय पर्यटन तथा आर्थिक, शैक्षिक, स्वास्थ्य, वातावरण र खेलकुदका क्षेत्रमा विभिन्न गतिविधि संचालन गर्दै आएको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया