
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

साउन महिनाको अन्तिम सोमबारका दिन पर्वत जिल्लाका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थी भक्तजनको उल्लेख्य भीड लागेको थियो । साउन महिनामा खासगरी शिवजीको पुजाआराधना गरी भक्तजनहरुले आध्यात्मिक आस्था जनाउने गर्दछन् ।
भगवान् शिवको विशेष पूजा–आराधना गर्ने विश्वासका साथ जिल्लाका गुप्तेश्वर गुफामा गुप्तेश्वर महादेव, अल्पेश्वर गुफा, कुश्माको धनेश्वर शिवालय मन्दिर लगायतका शिवालयमा श्रद्धालुहरु बिहानैदेखि जल, दूध, बेलपत्र, धतुरो, फूलप्रसाद चढाई पूजा–आराधनामा सहभागी भए ।
मन्दिर परिसरमा भक्तजनको सहज आवागमन र सुरक्षाका लागि व्यवस्थापन समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको थियो । आध्यात्मिक पर्यटनको गन्तव्य मानिएको ऐतिहासिक गुफा परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी साथै नेपाली सेनाका जवानहरुले संयुक्त रुपमा सरसफाई तथा आवागमन सहज बनाउनका लागि श्रमदान गरेका थिए ।
दर्शनार्थीको चाप बढेसँगै मन्दिर व्यवस्थापन समिति र नेपाल प्रहरीका जवानहरुले लाइन व्यवस्थापन र खानेपानीका लागि सहजीकरण गरेको जनाइएको छ । साउन महिनाभर विशेष गरी सोमबार शिवजीको पूजा–आराधना गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेकाले युवायुवती, महिला, वृद्धवृद्धा सवै उमेर समूहका भक्तजनको साथै पर्वत जेसिज, इनर ह्वील क्लव पर्वत लगायत संस्थाका प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागीता देखिएको थियो ।
गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष सन्तु गिरीका अनुसार साउन महिनाभर विशेष पूजा, रुद्राभिषेक तथा भजनकिर्तन संचालन गरिएको हो । यसवर्ष अघिल्ला वर्षहरुको तुलनामा भक्तजनको सहभागीता अझ बढेको अध्यक्ष गिरीको भनाई छ । प्रसिद्ध शिवशक्ति पीठ मानिने गुप्तेश्वर गुफामा साउन महिनाभर रुद्राभिषेक, महामृत्युुञ्जय मन्त्रपाठ साथै शिवजीको विशेष पुजा गरिएको थियो ।
साउन महिनामा देशभरका शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । श्रद्धालुहरुले बिहान व्रत बसेर शिवलिङ्गमा जलाभिषेक गर्नुका साथै परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै शिवजीको पूजाअर्चना गर्दछन् ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया