
१स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
६मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
७नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
८रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश
९रसुवामा बाढीको कहरः खोज तथा उद्धार तीव्र, सयौ अझै वेपत्ता
१०चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
११अटो दुर्घटनामा एकको मृत्यु, चार घाइते
१२गायिका गौतम र सेन्चुरीको स्वरमा मोरे सैया गीत सार्वजनिक
१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी
६नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
७बाढीले कटान गरेपछि त्रिपालले जोगाइदै मालढुंगा पुल
८चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
९सात वर्षदेखि अलपत्र बिहादीको अस्पताल
१०संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
११स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१२रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश

पर्वत जेसीजको आयोजनामा हुने पर्वत जेसीज कप–२०८३ सेभेन ए साइड खुला फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । पर्वत जेसीजले युवालाई खेलकुदमा आकर्षित गर्दै स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले रु.१ लाख ११ हजार राशिको ७ ए साइड खुला फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिता यही साउन २८ गतेदेखि ३१ गतेसम्म पर्वत जिल्लाको कुश्मा नगरपालिकाको बडागाउँ खेल मैदानमा संचालन हुनेछ । चार दिनसम्म संचालन हुने प्रतियोगितामा राष्ट्रियस्तरका उत्कृष्ट टोली तथा स्थानीय खेलाडीको सहभागिता रहने जेसीज पर्वतका महासचिव रामचन्द्र सुवदीले बताउनुभयो ।
फुटबल प्रतियोगिता तयारी अन्तर्गत खेलमैदान व्यवस्थापन, टिम सहभागिता, प्रचारप्रसार तथा अन्य आवश्यक व्यवस्थापनका कामलाई तीव्रता दिइएको आयोजकले जनाएको छ ।
पर्वत जेसीजका अध्यक्ष–२०२६ जेसी शर्मिला शर्माका अनुसार प्रतियोगितामार्फत् जिल्लामा फुटबल खेलको विकास गर्नुका साथै युवामा अनुशासन, नेतृत्व क्षमता र आपसी भाइचाराको भावना विकास गर्ने, खेलकुदसँगै वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने माध्यमका रुपमा समेत अघि बढाइएको छ । खेलकुदले समाजलाई एकतावद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै अध्यक्ष शर्माले प्रतियोगितामा खेलाडी, क्लब, खेलप्रेमी, संचारकर्मी तथा सरोकारवालाई सहयोग र सहभागिताका लागि आग्रह गर्नुभयो ।
प्रतियोगिताको विजेता टोलीले रु.१ लाख ११ हजार १११ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई रु.५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी, फेयर प्ले टिमका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका संयोजक जेसी एन्जोल कर्माचार्यका अनुसार अहिलेसम्म केही टिमले प्रतियोगिताका लागि दर्ता गरिसकेको र १६ वटा टिम सम्पर्कमा आएका छन् ।
पर्वत जेसीज नेपाल जेसीजअन्तर्गतको गैरराजीतिक तथा गैरनाफामूलक युवा संस्था हो । सन् १९९६ मा स्थापना भएको पर्वत जेसीजले व्यक्तित्व तथा नेतृत्व विकाससँगै सामाजिक पर्वतलाई खेलकुद गतिविधिको केन्द्रका रुपमा प्रवद्र्धन गर्न सहयोग पुग्ने साथै स्थानीय पर्यटन तथा आर्थिक, शैक्षिक, स्वास्थ्य, वातावरण र खेलकुदका क्षेत्रमा विभिन्न गतिविधि संचालन गर्दै आएको छ ।









१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी





प्रतिक्रिया