
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वत र बाग्लुङ जोड्ने कालीगण्डकी माथिको मालढुंगा मोटरेबल पुल बाढीजन्य कटानका कारण जोखिममा परेको छ । पुलको पर्वततर्फको एप्रोच र पिल्लर नजिककोजमिन बगाएपछि तत्कालीन जोखिम कम गर्न त्रिपाल टाँगेर अस्थायी संरक्षण गरिएको छ ।
गतहप्ता लगातार वर्षापछि कालीगण्डकी नदको बहाव बढ्दा पुलको आधार क्षेत्र कटान भएको हो । कटान बढ्दै गएपछि थप पहिरो र माटो बग्न नदिन ढल्किएको भागमा निलो त्रिपालले छोपिएको दृश्य अहिले मालढुंगामा देखिन्छ ।
सडक डिभिजन कार्यालयका प्राविधिकहरुले प्रारम्भिक निरीक्षण गरिसकेको बताएका छन् । नदीको बहाव उच्च रहेकाले तत्काल स्थायी मर्मत सम्भव नभएको र पानीको सतह घटेपछि विस्तृत प्राविधिक मूल्यांकन गरी संरक्षण तथा मर्मतको कार्य सुरु गरिने जनाइएको छ । पर्वततर्फको कालीगण्डकी किनार माथि पोखरा–बाग्लुङ राजमार्ग छेउ बसोबास गर्दै आएका स्थानीयबासीले समेत आफ्नो बाढीका कारण आफूहरु जोखिममा परेको गुनासो गरेका छन् ।
स्थानीयबासी तथा कुश्मा नगरपालिका वडा १ का अध्यक्ष खगराज पौडेलले त्रिपाल टाँग्नु तत्कालीन उपाय भए पनि कटान नियन्त्रणका लागि ग्याविन, तटबन्ध र पिल्लर संरक्षणको स्थायी योजना तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ । अध्यक्ष पौडेलले पुलमा थप क्षति पुगे पर्वत–बागलुङ बीचको आवागमन र कालीगण्डकी करिडोरको यातायात समेत प्रभावित हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया