
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

पर्वतको फलेवास नगरपालिका १० कुर्घामा आइतवार दिउँसो अटो दुर्घटना हुँदा सवारमध्ये एकको मृत्यु भएको छ । अटोमा सवार ४ जना घाइते भएका छन् । पर्वत विहादी गाउँपालिका वडा १ वस्ने वर्ष ४९ का प्रेम बहादुर विकको दुर्घटनामा परी मृत्यु भएको छ ।
प्रहरी चौकी फलेवासबाट प्रहरी सहायक निरीक्षक उत्तम अर्मजाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कुश्मा पठाएको थियो । अस्पताल पुराइएका घाइते विकलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइतेमध्ये अटो चालक फलेवास ११ पाङराङ बस्ने वर्ष ३६ का मन बहादुर परियारको बायाँ ढाड र कुममा चोट लागेको अस्पतालले जनाएको छ । चालक परियारको अवस्था सामान्य रहेको छ ।
अटो दुर्घटनामा परेका वर्ष २४ की कविता विक र वर्ष १५ की अन्जुली विक दुवै जनाको दाहिने खुट्टामा चोट लागेको छ भने उहाँहरुको अवस्था मध्यम रहेको जनाइएको छ । त्यसैगरी अटोमा सवार वर्ष १३ की दुर्गा विकको टाउकोमा भित्री चोट छ । अस्पतालका अनुसार विक पनि अवस्था मध्यम छ । घाइतेहरु तीन जना नै विहादी गाउँपालिका १ बाच्छा देउरालीका स्थानीय वासिन्दा हुनुहुन्छ ।
प्रहरीका अनुसार लुंखुबाट बाच्छातर्फ आउँदै गरेको ध.१ ह ६१ नं.को अटो ओरालोमा ब्रेक फेल भई नियन्त्रण गुमाइ सडकदेखि करीव १० मिटर तल खस्न पुगेको थियो ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया