
१पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
२दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
३पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
४महिलालाई क्याबिनको टिकट नदिन आग्रह
५दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
६कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे
७पेलेगा घाँगी भिरबाट निस्किएको धुवाँको कारण खोजिदै
८विदेशको मोह छोडेर अकबरे खुर्सानी खेती
९स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१०बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
११संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
१२प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिका क्षति पु¥यापछि खोज, उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ ।
बुधबार १० गते आएको आकस्मिक बाढीले रसुवाको नेपाल–चीन सीमा क्षेत्रदेखि भोटेकोशी नदी आसपासका बस्ती, सडक, दर्जनौ पुल, जलविद्युत् आयोजना तथा व्यापारिक संरचनामा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण टिमुरे, रसुवागढी, स्याफ्रुबेसी लगायतका क्षेत्रमा जनजीवन नराम्ररी प्रभावित भएको छ ।
बाढीमा परी ठूलो संख्यामा मानिसको मृत्यु भएको छ भने सयौ अझै सम्पर्कविहीन छन् । सरकारी पछिल्लो आधिकारिक विवरणअुनसार मृतक तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने र खोजी तथा पहिचानको काम जारी रहेको अधिकारीहरुले बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार खोज तथा उद्धारमा १५,४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ४,४७३, नेपाली सेनाका ६,७५५, र सशस्त्र प्रहरी बल नेपालका ४,२०३ जना रसुवा तथा भोटेकोशी–त्रिशुली करिडोरलगायत प्रभावित क्षेत्रमा परिचालित छन् । हालसम्म ४,४५१ जनाको उद्धार गरिएको छ जसमा जलविद्युत सुरुङबाट उद्धार गरिएका ५१७ जना समेत छन् । नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएका छन् भने हालसम्म ९९ हवाई उडान भएका छन् ।
उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पु¥याइएको छ । हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा रु.१.९ अर्वभन्दा बढी रकम संकलन भएको छ ।
यसैबीच बाढी प्रभावित क्षेत्रमा थप जोखिमको सम्भावना रहेकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । तिब्बततर्फ बनेको जलाशय तथा थप पानीको बहावका कारण भोटेकोशी र त्यससँग जोडिएका नदीमा पुनः बाढी आउन सक्ने जोखिमप्रति समेत सुरक्षा निकायले निगरानी बढाएका छन् ।
बाढीले सडक तथा यातायात संरचनामा क्षति पु¥याउँदा उद्धार तथा राहत सामग्री प्रभावित क्षेत्रमा पु¥याउन समेत कठिनाइ भइरहेको छ । विपद्को प्रभाव रसुवासँगै नुवाकोट, धादिङ लगायतका जिल्लामासम्म परेको छ ।
सरकारले उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ । बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, घाइतेको उपचार तथा बेपत्ताको खोजीलाई प्रभावकारी बनाउने काम भइरहेका गृहमन्त्री सुधन गुरुङको भनाई छ ।
बाढी पीडितको सहयोगार्थ स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिक तथा विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थाहरुले स्वतःफूर्त आर्थिक सहयोग जुटाइ मानवताको उच्च उदाहरण देखाइरहेका छन् । अध्यक्ष शर्मिला शर्मा नेतृत्वको पर्वत जेसीजले प्रधानमन्त्री राहत कोषमा रसुवा बाढी पीडितका लागि जेसीजको केन्द्रले गरेको नगद १० लाख सहयोगमा आफ्नो तर्फबाट पनि योगदान गरेको छ भने सामाजिक अभियन्ता तथा युवा व्यवसायी विप्लब हमालले १ लाख बढी रकम सहयोग प्रदान गर्नुभएको छ ।









१पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्धारा मेलाको आयोजना
२पहिलो पटक पर्वत टेकेका युवा मेयोङवा बने दौडेरै लखपति
३दुर्लुङ कोटगाउँमा दौड्न सके लखपति
४दुर्लुङकोटमा एक लाख पुरस्कार राशीको म्याराथन प्रतियोगिता हुने
५महिलालाई क्याबिनको टिकट नदिन आग्रह



म्याराथन प्रतियोगिताको व्यानर फोटो।


प्रतिक्रिया