News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद विश्व समाचार

रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश

 

नेपाली मिक्स्ड मार्सल आर्ट्स-एमएमए) खेलाडी रवीन्द्र ढाँट रोड टु यूएफसी सिजन फाइभ को फाइनलमा प्रवेश गरेका छन् । शुक्रवार चीनको सांघाईमा भएको सेमिफाइनल भिडन्तमा ढाँटले न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै फाइनल यात्रा तय गर्नु भएको हो ।

बझाङका बाघका रुपमा परिचित ढाँटले बान्टमवेट विधातर्फ प्रतिस्पर्धा गर्दै आउनु भएको छ । खेलाडी ढाँट रोड टु यूएफसी मा सहभागी हुने पहिलो नेपाली खेलाडी हो । यसअघि ढाँटले क्वार्टरफाइनलमा फिलिपिन्सका किम्वर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा टिकेओ मार्फत् पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउनु भएको थियो ।

अब ढाँटले रोड टु यूएफसी सिजन फाइभ को फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नुहुनेछ । फाइनल जित्न सके ढाँटले यूएफसीको मुख्य प्रतियोगितामा प्रवेश गर्ने ऐतिहासिक अवसर प्राप्त गर्नुहुनेछ । ढाँटको फाइनल प्रवेशसँग नेपाली एमएमए खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा थप ठूलो उपलब्धि हासिल गर्ने सम्भावना बढेको छ । ढाँटको सफलताले रसुवा बाढीको कहरले दुःखी भएका नेपालीलाई थोरै भएपछि हौसला र खुशी दिलाएको छ ।

प्रतिक्रिया