
१स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
६मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
७नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
८रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश
९रसुवामा बाढीको कहरः खोज तथा उद्धार तीव्र, सयौ अझै वेपत्ता
१०चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
११अटो दुर्घटनामा एकको मृत्यु, चार घाइते
१२गायिका गौतम र सेन्चुरीको स्वरमा मोरे सैया गीत सार्वजनिक
१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी
६नेवाः संस्कृति जोगाउन युवा पुस्ताको सकृयता
७बाढीले कटान गरेपछि त्रिपालले जोगाइदै मालढुंगा पुल
८चोरीका घटना बढेपछि प्रहरी चौकीको माग
९सात वर्षदेखि अलपत्र बिहादीको अस्पताल
१०संस्थापक अध्यक्ष शर्माद्धारा राहत कोषमा एक लाख सहयोग
११स्थानीयस्तरमा कामदारको खडेरीः सीप भएका युवा विदेश पलायन
१२रवीन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश

पर्वत जिल्लास्थित कुश्मा नगरपालिकाका नेवार समुदायले वर्षौदेखि आफ्नो संस्कृतिको रुपमा मनाउदै आएको लाखे नाच लोप हुनबाट जोगाउन युवापुस्तामा सकृयता देखिएको छ । यसपालीको लाखे नाच प्रदर्शनीमा युवापुस्ताले नेतृत्व गरेका छन् ।
नेवार समुदायले आफ्नो संस्कृति जोगाउन भनी गतवर्षदेखि नयाँ पिढीलाई पनि नाच्न र बजाउन सिकाएको थियो । लाखे नाच देखाउन युवा मात्रै नभई युवतीहरु समेत सकृय छन् ।
नेवार समुदायको दोस्रो पुस्ता मानिने अधिकांश युवा रोजीरोटीको खोजीमा विदेश छन् । यहाँ भएका युवामा पनि लाखे नाच प्रति चासो र रुचि कम देखिदा नेवार समुदायको पहिलो पुस्ता चिन्तित देखिन्थे । समाजमा चलनचल्तीमा रहदै आएका मौलिक कलासंस्कृति, चाडपर्व, मेला, जात्रा समयसँगै विविध कारणवश लोपोन्मुख छन् ।
आफ्नो संस्कृतिलाई लोप हुनबाट कसरी जोगाउने भन्ने चिन्ताले नेवार समुदायलाई पिरोल्न थालेपछि लाखे नाचलाई निरन्तरता दिन १२ वर्ष देखिका साना बाबुनानीदेखि १८ वर्षसम्मका युवापुस्तालाई प्रशिक्षण दिइएको थियो । नेवार समुदायका अग्रज सदस्यहरु विष्णुप्रसाद नेवार, इन्द्र श्रेष्ठ, खड्ग श्रेष्ठ साथै युवाहरु रमेश श्रेष्ठ, रामु श्रेष्ठ लगायतले केटाकेटीलाई आफ्नो मौलिक संस्कृतिको महत्व दर्शाउदै लाखे नाच सिकाउनु भएको थियो ।
नेवार समुदायका अगुवा विष्णुप्रसाद नेवार भन्नुहुन्छ–æखुशी र उत्साहका साथ नयाँ पिढीका पुस्ताले लाखे नाच सिकेका छन् । दश दिन भित्रमा राम्रो गरी झ्याली, ढोलक, बाँसुरी बजाउनुको साथै ताल मिलाएर नाच्न सिकेका थिए । हामीले जसरी हाम्रा पुर्खाबाट लाखे नाच सिक्दै आएका थियौ । उसैगरी अहिलेका भाईवैनीले पनि पछिसम्म लाखेनाच देखाउदै जानेछन् । लाखेनाच सहितको भदौरे जात्राबारे सिकाईले हाम्रो आफ्नो कलासंस्कृतिले निरन्तरता पाउने विश्वास छ ।
नेवार समुदायका सदस्य चेत प्रसाद श्रेष्ठका अनुसार भदौ महिनाको नागपञ्चमीदेखि कृष्ण जन्माष्टमीसम्म हरेक दिन सदरमुकाम कुश्मा बजार क्षेत्रमा लाखे नाच प्रदर्शन गरिन्छ । जनैपूर्णिमासम्म भदौरे जात्राको अन्तर्गत लाखे नाच देखाउने र त्यसपछि रोपाई जात्रा, गाईजात्रा, बाघजात्रा, नागा नाच देखाइन्छ । गाईजात्रामा नेवार परिवार जसले यसवर्ष आफन्त गुमाएका हुन्छन् । उनको सम्झना स्वरुप सोही परिवारका सदस्यले आफ्नो मृतक आफन्तको तस्वीर सेतो कपडाले बेरेको डोकोमा टाँसेर बजार परिक्रमा गर्दछन् ।
केही दशक पहिलेसम्म हनुमान नाच र बकुल्ला नाच देखाइदै आएको भए पनि अहिले यी नाचहरुको संरक्षण हुन नसक्दा लोप भैइ सकेको अग्रज नेवार सदस्य हरिप्रसाद श्रेष्ठ बताउनु हुन्छ । केही वर्ष अघिसम्म गाउँगाउँमा देखाइदै आएको भदौरे जात्रा हाल बजार क्षेत्रमा मात्र सिमित छ । यसको संरक्षण गर्न नसकेमा लोप हुने डरले नै अग्रज नेवार समुदायका सदस्यहरुले आफ्ना युवापुस्तालाई आफूले जानेको कलासंस्कृति सिकाएका हुन् ।
धान रोपाई र कोदो रोपाईको चटारो सकेर थकित भएका कृषकहरुलाई भदौरे जात्राले रमाइलो र मनोरञ्जन दिने गर्दछ । नेवार समुदायको किंवदन्ती अनुसार परापुर्वकालमा भूतप्रेतले मानिसलाई दुःख दिने गरेका थियो । त्यो दुःखबाट जोगिन भूत जस्तै लाखे नाच देखाई जात्रा गर्दा भूतले पनि आफूलाई समर्थन गरेको ठान्ने र दुःख नदिने भएकोले लाखे नाच देखाउदै आएको बताइन्छ । लाखे नाचसहितको भदौरे जात्राको इतिहास दुई शताव्दि भन्दा बढी रहेको आंकलन छ ।
लाखे नाचको आयोजना नेवाःसांस्कृतिक समूहले गर्दै आएको छ । नेवाःसांस्कृतिक समूहको आफ्नो आर्थिक कोष मार्फत् लाखे नाचको व्यवस्थापन हुने गर्दछ । यो समूहले लाखे नाच मार्फत् संकलन गरेको रकम र नेवार समुदायका सदस्यबाट सहयोग लिएको रकम मार्फत् सामाजिक कार्य विद्यालय निर्माण, बाटोघाटो निर्माण लगायतमा आर्थिक सहयोग समेत गर्दै आएको छ । लाखेनाच खासगरी नेवारी समुदायले प्रस्तुत गर्दै आएको भए पनि यस प्रति अन्य समुदायको पनि उत्तिकै साथ र सहयोग रहदै आएको नेवा सांस्कृतिक समूहको भनाई छ ।
लाखे नाच सहितको भदौरे जात्रा कुश्मा बजारमा माथिल्लो बजारमा बसोबास गर्ने नेवार समुदायले समेत भव्यरुपमा मनाउदै आउने गरेका छन् । सदरमुकाम कुश्मामा तल्लो हटिया र माथिल्लो हटियामा बसोबास गर्ने नेवार समुदायले वर्षौदेखि भदौरे जात्रा अलगअलग रुपमा प्रदर्शन गर्दै आएका छन् ।









१मोदीका युवा शर्माको नेतृत्वमा घरमै बसेर बाढी प्रभावित क्षेत्रको नक्सांकन
२बाढी पीडितको राहत तथा उद्धारका लागि भण्डारीद्धारा एक लाख सहयोग
३प्रेस युनियन पर्वतको सातौं अधिवेशन सम्पन्न, केन्द्रिय अध्यक्ष लम्साल सम्मानित
४प्रेस युनियन पर्वतको नेतृत्व महिला पत्रकारको काँधमा
५घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी





प्रतिक्रिया